close

नेपालमा एआई कोर्ष सञ्चालन गर्दै सामसङ

टेकपाना टेकपाना

जेठ ११, २०८० ८:३१

नेपालमा एआई कोर्ष सञ्चालन गर्दै सामसङ

काठमाडौं । सामसङले नेपाली विद्यार्थीका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) काेर्ष सञ्चालन गर्ने भएको छ । कम्पनीले आफ्नो ग्लोबल सीएसआर कार्यक्रम ‘सामसङ इनोभेसन क्याम्पस’ अन्तर्गत त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको पुल्चोक क्याम्पसमा एआई कोर्ष सञ्चालन गर्न लागेकाे हो ।

संस्थानका डीन प्राडा. शशिधरराम जोशीका अनुसार एआई सम्बन्धीको यो कार्यक्रम छोटो अवधिको हुनेछ । त्यस्तै यो कोर्ष बजारमुखी र  विशिष्ट हुने पनि उनले बताए ।

यो कोर्षमा त्रिविका शिक्षकबाहेक उद्योगमा काम गरेका जनशक्तिले अध्यापन गराउनेछन् ।

सामसङले इन्जिनियरिङ अध्ययन संस्थानको हलमा बिहीबार एक कार्यक्रम गरेर यसबारे थप जानकारी दिने भएकाे छ । त्योसँगै कम्पनीले सामसङ इनोभेसन क्याम्पस अन्तर्गत विभिन्न विषयको तालिममा सहभागी भएकालाई प्रमाणपत्र वितरण गर्दैछ ।

यसअघि सामसङले नेपाली युवालाई एआईसँगै बिग डेटा, कोडिङ तथा प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स (आईओटी) जस्ता विषयमा तालिम दिएको थियो ।

पछिल्लो अध्यावधिक: जेठ ११, २०८० ८:३१