close

गुडबाई विनआरएआर ! अब विन्डोजमै आरएआर फाइल सपोर्ट गर्ने फिचर

टेकपाना टेकपाना

जेठ ११, २०८० १६:२३

गुडबाई विनआरएआर ! अब विन्डोजमै आरएआर फाइल सपोर्ट गर्ने फिचर

काठमाडौं । विन्डोज ११ ले आरएआर (RAR) फाइल सपोर्ट गर्ने फिचर ल्याउने भएको छ । माइक्रोसफ्टले मंगलबार एक विज्ञप्ति जारी गर्दै विन्डोज ११ काे नयाँ अपडेटमा आरएआर सपोर्ट हुने जानकारी दिएकाे हो ।

विशेषगरी कम्प्रेस्ड फाइलहरू आरएआर तथा जिप फर्म्याटमा हुन्छन् । विभिन्न फाइललाई कम्प्रेस्ड गर्न (विभिन्न फरक फाइललाई एउटै फाइल बनाउने काम) वा कम्प्रेस्ड भएका फाइललाई एक्स्ट्र्याक्ट (धेरै फाइल मिलेर बनेको एउटा फाइललाई टुक्र्याउने काम) गर्न विनआरएआर (WinRAR) सफ्टवेयर प्रयोग गर्नुपर्ने हुन्छ ।

यसका वैकल्पिक एपहरू पनि छन् । उक्त विनआरएआर सफ्टवेयर प्रयोग गर्नका लागि शुल्क तिर्नुपर्ने बाध्यता छ । अर्काेतर्फ पाइरेटेड  विन्डोज चलाउने प्रयाेगकर्ताहरूका लागि सफ्टवेयर खरिद गर्न अलर्ट नाेटिफिकेसन आइरहेको हुन्छ । यसलाई हटाउँदै माइक्रोसफ्टले अपरेटिङ सिस्टममै आरएआर फाइल सपोर्टकाे सुविधा दिन लागेकाे हाे ।

यसको अर्थ उक्त फिचर सार्वजनिक भएपछि तपाईंले कम्प्रेस्ड फाइल (जिप, टार, जीजेट, आरएआर) लाई विनआरएआर बिनै डिभाइसमा प्रयोग गर्न सक्नुहुनेछ । पछिल्लो समय यस्ता आरएआर फाइल डाउनलोड गरेर एक्ट्रयाक्ट गर्न विनआरआर वा जेट-जिप एपहरू प्रयोग गरेर एक्स्ट्र्याक्ट गर्ने गरिन्छ ।

विनआरएआर प्रयोग गर्न भने प्रयोगकर्ताले लाइसेन्स खरिद गर्नुपर्ने हुन्छ । अब विन्डाेज ११ काे नयाँ अपडेट सार्वजनिक भएपछि भने प्रयोगकर्ताले कम्प्रेस्ड फाइल सोझै डाउनलोड गरेर प्रयोग गर्न सक्नेछन् । विनआरएआर सन् १९९५ मा पहिलो पटक सार्वजनिक भएको थियो ।

पछिल्लो अध्यावधिक: जेठ ११, २०८० १६:२३