close

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीका लागि ७ दिने निःशुल्क आईटी वर्कशप हुँदै

टेकपाना टेकपाना

जेठ ११, २०८० १५:३०

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीका लागि ७ दिने निःशुल्क आईटी वर्कशप हुँदै

काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्शले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीका लागि सात दिने निःशुल्क आईटी वर्कशप आयोजना गर्ने भएको छ । सूचना प्रविधि विषयमा रुचि राख्ने विद्यार्थीलाई लक्षित गर्दै कलेजले असार १४ देखि २० गतेसम्म वर्कशप गर्न लागेको हो ।

आईटीका लागि मात्र नभई अन्य जुनसुकै क्षेत्रमा काम गर्न सहयोग सिद्ध हुनेगरी वर्कशप गर्न लागेको कलेज प्रमुख प्रमोद पौडेलले जानकारी दिए ।उनका अनुसार वर्कशपको सात दिनसम्म सूचना प्रविधिसँग सम्बन्धित विभिन्न फरक विषयवस्तुमा प्रशिक्षण दिइनेछ । 

इच्छुक विद्यार्थीहरूले वर्कशपमा सहभागी हुन यहाँ क्लिक गरी आफ्नो नाम दर्ता गर्नुपर्ने छ ।

पछिल्लो अध्यावधिक: जेठ ११, २०८० १७:२१