close

एनसेल नेटवर्कमा चलिरहेका छन् एक करोड २२ लाख ५७ हजार स्मार्टफोन

टेकपाना टेकपाना

जेठ १५, २०८० १५:१८

एनसेल नेटवर्कमा चलिरहेका छन् एक करोड २२ लाख ५७ हजार स्मार्टफोन

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको नेटवर्कमा स्मार्टफोनको पेनिट्रेसन अर्थात् प्रयोग गर्नेको सङ्ख्या ७२.४० प्रतिशत रहेको पाइएको छ ।

हालै सार्वजनिक भएको कम्पनीको वित्तीय प्रतिवेदनले गत वर्षको तुलनामा स्मार्टफोन प्रयोगकर्ताको सङ्ख्या २.४० प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको प्रतिवेदन अनुसार कूल मोबाइल प्रयोगकर्ता एक करोड ६९ लाख २९ हजार रहेको एनसेलमा त्यसमध्ये एक करोड २२ लाख ५७ हजार प्रयोगकर्तासँग स्मार्टफोन रहेको छ ।

जब कि सन् २०२२ मा एक करोड ७१ लाख ४५ हजार कूल मोबाइल प्रयोगकर्ता हुँदा स्मार्टफोन प्रयोगकर्ता एक करोड २१ लाख १६ हजार रहेका थिए ।

 

 

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० १५:१८