close

सूचना प्रविधि लगायतको क्षेत्रमा रोजगारी सिर्जना गर्न ७ अर्ब बजेट

टेकपाना टेकपाना

जेठ १५, २०८० १७:५६

सूचना प्रविधि लगायतको क्षेत्रमा रोजगारी सिर्जना गर्न ७ अर्ब बजेट

काठमाडौं । सरकारले सूचना प्रविधिमा केन्द्रित रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पेश गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यसबारे जानकारी दिएका हुन् ।

‘आत्मनिर्भर अर्थतन्त्रको आधार, स्वदेशमा नै उत्पादन र रोजगार’ भन्ने नाराका साथमा यो कार्यक्रम लागू गरिने उनले बताए । यसका लागि उनले सात अर्ब रकम विनियोजन गरेका छन् ।

“आत्मिनिर्भर अर्थतन्त्रको विकास गर्न सबै स्थानीय तहमा राष्ट्रिय उत्पादन र रोजगारी प्रवर्तन कार्यक्रम सञ्चालन गरिने छ । यस कार्यक्रमलाई मूलतः कृषिको व्यवसायीकरण, लघु तथा साना उद्योग प्रवर्द्धन र सूचना प्रविधि तथा पर्यटनको विकासमा केन्द्रित गरिने छ,” उनले भने ।

स्थानीय तहसँगको सहकार्य र समन्वयमा यो कार्यक्रमको निर्देशिका साउन महिनाभित्र तर्जुमा गरिने उनले उल्लेख गरे ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० १७:५६