close

सरकारले यसै वर्ष मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालनमा ल्याउने

टेकपाना टेकपाना

जेठ १५, २०८० २०:२

सरकारले यसै वर्ष मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालनमा ल्याउने

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ मा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालनमा ल्याउने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा बजेट सार्वजनिक गर्दै यसको जानकारी दिएका हुन् ।

त्यस्तै यही वर्षदेखि योगमाया आयुर्वेदिक विश्वविद्यालय सञ्चालनमा आउने पनि उनले बताए । साथै नेपाल विश्वविद्यालय सम्बन्धी कानून तर्जुमा प्रक्रिया अगाडि बढाइने पनि उनले उल्लेख गरे ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० २०:२