close

नेपाली बजारमा नार्जो एन सिरिजका दुई नयाँ स्मार्टफोन ल्याउँदै रियलमी

टेकपाना टेकपाना

जेठ १६, २०८० १५:१२

नेपाली बजारमा नार्जो एन सिरिजका दुई नयाँ स्मार्टफोन ल्याउँदै रियलमी

काठमाडौं । चिनियाँ कम्पनी रियलमीले नेपाली बजारमा दुई ओटा नयाँ स्मार्टफोन माेडेल सार्वजनिक गर्ने भएको छ । कम्पनीले 'नार्जो एन५३' र 'नार्जो एन५५' स्मार्टफाेन नेपाली उपभाेक्ताका लागि उपलब्ध गराउन लागेकाे हाे ।

रियलमीका अनुसार नार्जो एन५३ स्मार्टफोन 'एन' सिरिजको सबैभन्दा पातलो फोन हो । यो फोनमा ३३ वाटको फास्ट चार्जिङ फिचर छ भने ९० हर्ज रिफ्रेसरेट सहितको फुल एचडी प्लस डिस्प्ले उपलब्ध छ । 

त्यस्तै नार्जो एन५५ मा पनि ३३ वाटको फास्ट चार्जिङ सपोर्टसहितको ५००० एमएएच ब्याट्री उपलब्ध छ । फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । यसमा पनि ९० हर्जको रिफ्रेसरेट सहितको फुल एचडी प्लस डिस्प्ले दिइएको छ । 

फोनमा मिडियाटेक हेलियो जी८८ चिपसेट प्रयोग गरिएको छ ।

यी दुवै फोनको मूल्य भने खुलाइएको छैन ।

पछिल्लो अध्यावधिक: जेठ १६, २०८० १६:७