close

आईटी नवप्रवर्तनमा आधारित उद्योगका लागि लचिलो श्रम नीति बनाउँदै सरकार

टेकपाना टेकपाना

जेठ १६, २०८० १७:३०

आईटी नवप्रवर्तनमा आधारित उद्योगका लागि लचिलो श्रम नीति बनाउँदै सरकार

काठमाडौं । सरकारले सूचना प्रविधि र नवप्रवर्तनमा आधारित उद्योगका लागि लचिलो श्रम नीति अवलम्वन गर्ने भएको छ ।

साेमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेकाे आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा यस्तो नीति अवलम्बन गर्ने विषय पनि समावेश छ । 

सूचनामा प्रविधिमा आधारित नवप्रवर्तनका काममा स्पष्ट कानूनी व्यवस्था नहुँदा यहाँका कम्पनी र जनशक्तिले प्राेत्साहन नपाएकाे र पर्याप्त नियमन हुन नसकिरहेको गुनासाे बढ्दाे छ । त्यस्तै राज्यले समेत करोडौं रुपैयाँ गुमाइरहेको स्थिति छ ।

यसका लागि विद्यमान श्रम कानूनमा आवश्यक संशोधन गर्ने सरकारी तयारी छ ।

त्यस्तै उद्योगमा स्वच्छ ऊर्जा तथा हरित प्रविधिको उपयोगलाई प्रोत्साहन गर्न प्रविधि विकास कोषमार्फत अनुदान प्रदान गर्ने घोषणा समेत बजेट मार्फत गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १६, २०८० १७:३०