close

१७ हजार रुपैयाँमा ६ जीबी र्‍याम र ५० मेगापिक्सेल क्यामेरा भएको रेड्मी १२सी नेपाली बजारमा

टेकपाना टेकपाना

जेठ १६, २०८० १७:१५

१७ हजार रुपैयाँमा ६ जीबी र्‍याम र ५० मेगापिक्सेल क्यामेरा भएको रेड्मी १२सी नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा साओमीले सस्तो मूल्यको रेड्मी फोन सार्वजनिक गरेको छ । कम्पनीले नेपाली उपभोक्ताका लागि तीन र्‍याम/स्टाेरेज भेरियन्टमा रेड्मी १२सी फोन उपलब्ध गराएको हो ।

कम्पनीका अनुसार ३ जीबी र्‍याम र ३२ जीबी इन्टर्नल स्टोरेज भएको फोनको मूल्य १३ हजार ४९९ रुपैयाँ छ । त्यस्तै ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेज रहेको अर्को भेरियन्टको फोनको मूल्य १४ हजार ४९९ रुपैयाँ निर्धारण गरिएको छ ।

कम्पनीले ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको अर्को फोन उपलब्ध गराएको छ, जसको मूल्य १६ हजार ९९९ रुपैयाँ रहेको छ ।

बेस भेरियन्टमा नै ग्राहकले एकैसाथ धेरै एपहरू बिना कुनै ल्याग, सहजै मल्टिटास्किङ गर्नसक्ने कम्पनीको भनाइ छ । साथै ६+१२८ जीबीको भेरियन्टले एप्स, फोटो, भिडिओहरू र अन्य डेटा भण्डारण गर्न पर्याप्त स्पेस प्रदान गर्ने कम्पनीकाे विज्ञप्तिमा जनाइएकाे छ ।

याे फाेनमा मेडियाटेक हेलियो जी८५ प्रोसेसर छ । अर्काे महत्त्वपूर्ण विशेषताका रूपमा फोनमा ५० मेगापिक्सेल डुअल रियर क्यामेरा जडान गरिएको छ, जसले धेरै डिटेल्सका साथ फोटो खिच्नसक्ने कम्पनीले दाबी गरेकाे छ ।

फोनमा ५,००० एमएच ब्याट्रीको साथमा ६.७१ इन्चको एचडी प्लस डिस्प्ले रहेको छ ।

पछिल्लो अध्यावधिक: जेठ १६, २०८० १७:४३