close

नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता हुँदै

टेकपाना टेकपाना

जेठ १८, २०८० १३:१

नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता हुँदै

काठमाडौं । नेपाल र भारतबीच अन्तरदेशीय (क्रस बोर्डर) डिजिटल भुक्तानी सम्झौता हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को जारी भारत भ्रमणमा यसबारे सम्झौता हुनेगरी तयारी भइरहेकाे बुझिएकाे छ ।

प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्री मोदीको उपस्थितिमा अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।

यसका लागि नेपालको तर्फबाट नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र भारतको तर्फबाट नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाबीच  ‘सिस्टम कनेक्ट’ गर्नेबारे सम्झौता हुनेछ ।

सम्झौता कार्यान्वयनपछि नेपाली नागरिकले भारतमा र भारतीय नागरिकले नेपालमा डिजिटल वालेट र मोबाइल बैंकिङको माध्यमबाट क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्नसक्ने छन् ।

पछिल्लो अध्यावधिक: जेठ १८, २०८० १३:१