close

नेपालमा पनि सुरु भयो च्याटजीपीटीको मोबाइल एप, इन्स्टल गर्नुभयो त ?

टेकपाना टेकपाना

जेठ २६, २०८० ९:१५

नेपालमा पनि सुरु भयो च्याटजीपीटीको मोबाइल एप, इन्स्टल गर्नुभयो त ?

काठमाडौं । अन्ततः नेपालमा पनि ओपनएआईले च्याटजीपीटीको मोबाइल एप उपलब्ध गराएको छ । अब नेपालभित्रका आईफोन प्रयोगकर्ताले यो एप प्रयोग गर्न सक्नेछन् ।

यसमा एपको नि:शुल्क र सशुल्क दुवै भर्सन उपलब्ध छन् । अमेरिकाबाट सुरु भएको च्याटजीपीटीको मोबाइल एप सेवा नेपालमा पनि सुरु भएको हो । हालसम्म ५० भन्दा बढी देशमा च्याटजीपीटीको मोबाइल एप उपलब्ध भइसकेको छ । 

एन्ड्रोइडमा पनि चाँडै नै उपलब्ध गराउने कम्पनीको योजना छ । यो एप सार्वजनिक हुनभन्दा अगाडि प्ले स्टोर र एप स्टोरमा च्याटजीपीटी जस्तै देखिने धेरै नक्कली एपहरूले बजार कब्जा गरेको थियो ।

वेब र मोबाइल एपमा भएको कुराकानी सिंक गर्न मिल्ने फिचरसहित यो एप सार्वजनिक भएको छ । यसमा आवाज र टेक्स्ट दुवैका माध्यमबाट च्याटजीपीटीसँग कुरा गर्न मिल्नेछ । 

कम्पनीले हाल यसमा दुई नयाँ फिचर पनि थप गरेको छ । अब प्रयोगकर्ताले आईफोनको भ्वाइस असिस्टेन्ट सिरिमार्फत च्याटजीपीटी ओपन गर्न सक्नेछन् । साथै प्रयोगकर्ताले शर्टकट्समा च्याटजीपीटी इन्ट्रिगेट गरेर प्रयोग गर्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: जेठ २६, २०८० १३:४१