close

विद्यार्थीलाई नेपालमै अनुसन्धान संस्थामा रोजगारी, हप्तामा २० घण्टा काम र न्यूनतम ज्याला

टेकपाना टेकपाना

बैशाख २०, २०८२ १३:५९

विद्यार्थीलाई नेपालमै अनुसन्धान संस्थामा रोजगारी, हप्तामा २० घण्टा काम र न्यूनतम ज्याला

काठमाडौँ । नेपाल सरकारले स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई अनुसन्धान संस्थामा आबद्ध गराउने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नयाँ आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा उक्त योजना समेटिएको हो ।

‘कमाउँदै-पढ्दै’ नीतिअन्तर्गत विद्यार्थीहरूलाई बढीमा हप्तामा २० घण्टा काम गर्न पाउने व्यवस्था पनि गरिने भएको छ । उनीहरूलाई न्यूनतम ज्यालासहित रोजगारी दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै, स्थानीय तहदेखि केन्द्रसम्मका सरकारी सेवा क्षेत्रमा इन्टर्न प्रयोग गर्ने योजना पनि ल्याइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८२ १४:७