close

पहिलो पटक कोरियामा नै हुँदै सामसङ ग्यालेक्सी अनप्याक्ड इभेन्ट

टेकपाना टेकपाना

जेठ २९, २०८० १०:२१

पहिलो पटक कोरियामा नै हुँदै सामसङ ग्यालेक्सी अनप्याक्ड इभेन्ट

काठमाडौं । सामसङ एक कोरियन कम्पनी हो । कोरियाकै कम्पनी भएर पनि सामसङ आजसम्म आफ्नो अनप्याक्ड इभेन्ट आयोजना गरेको थिएन । यो वर्ष भने कम्पनीको इतिहासमा पहिलो पटकले ग्यालेक्सी अनप्याक्ड इभेन्ट दक्षिण कोरियाको सिओलमा हुँदैछ । 

एक विज्ञप्ति जारी गर्दै कम्पनीले यही जुलाइ महिनाको अन्त्यतिर ग्यालेक्सी अनप्याक्ड इभेन्टमा कोरियामा नै गर्ने तय भएको जानकारी दिएको हो । यस इभेन्ट मार्फत कम्पनीले आफ्ना नयाँ उत्पादनहरू बजारमा ल्याउने गर्छ ।

धेरैजसो अमेरिकाको न्युयोर्क र स्पेनको बार्सिलोनामा आयोजना हुने यो कार्यक्रम यो वर्ष भने कोरियामा हुन लागेको हो । 

कम्पनीले अमेरिका र क्यानडाको लागि भने छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्ने चर्चा चले पनि यस विषयमा कम्पनीले भने कुनै आधिकारिक घोषणा गरेको छैन ।

यो वर्ष कम्पनीले यस कार्यक्रम मार्फत आफ्नो फोल्डेबल फोनको नयाँ सँस्करण ग्यालेक्सी जेड फोल्ड फाइभ, ग्यालेक्सी जेड फ्लिप फाइभसँगै ग्यालेक्सी ट्याब एसनाइन, ग्यालेक्सी वाच सिक्स र ग्यालेक्सी मिक्स्ड रियालिटि हेडसेट सार्वजनिक गर्ने बताइएको छ ।   

पछिल्लो अध्यावधिक: जेठ २९, २०८० १०:२१