close

शब्द लेखेको भरमा आकर्षक फोटो तयार पारिदिने एडोबी टुल, यसरी निःशुल्क प्रयोग गर्नुहोस्

टेकपाना टेकपाना

जेठ ३१, २०८० १४:१

शब्द लेखेको भरमा आकर्षक फोटो तयार पारिदिने एडोबी टुल, यसरी निःशुल्क प्रयोग गर्नुहोस्

काठमाडौं । पछिल्लो समय हरेक क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढ्दो छ । विशेषगरी प्रश्नहरू सोधेको भरमा जवाफ दिने च्याटबटको प्रयोगसँगै शब्दकै भरमा फोटो तयार पार्ने टुल पनि चर्चामा छन् ।

हालै एडोबीले शब्दकै भरमा फोटो एडिट गर्न सकिने ‘फायरफ्लाई’ (Adobe Firefly)  को बारेमा जानकारी दिँदै छौँ:

१) जेनेरेटिभ फिल 

फायरफ्लाईको जेनेरेटिभ फिल यस्तो फिचर हो, जसको सहयाेगमा तपाईँले फोटोमा भएको अनावश्यक भागलाई हटाएर आफूले चाहेको कुरा थप गर्न सक्नुहुन्छ ।

उदाहरणका लागि तपाईंले शर्ट लगाएर फोटो खिच्नुभएको छ । तर, तपाईंलाई उक्त शर्ट मन परेको छैन । यस्तोमा उक्त शर्टलाई हटाएर आफूले चाहेको जस्तो लुगा राख्न सकिन्छ । यो प्रक्रिया जटिल भए जस्तो लागे पनि सहजै एडिट गर्न सकिन्छ ।

जेनेरेटिभ फिलले कसरी काम गर्छ भनेर बुझ्न तलको प्रक्रिया अपनाउनुहोस्:

- सबैभन्दा पहिले यहाँ क्लिक गरी एडोबी फायर फ्लाई  (Adobe Firefly)  को साइटमा जानुहोस् ।

- अनि माथि दायाँपट्टि  रहेको ‘साइनअप’ अप्सनमा गएर गुगल अकाउन्ट प्रयोग गरेर साइनअप गर्नुहोस् ।  

- त्यसपछि स्क्रोल गर्दै तल गएर ‘जेनेरेटिभ फिल’ (Generative Fill) अप्सनमा गई ‘जेनेरेट’ बटनमा क्लिक गर्नुहोस् अथवा सोझै यहाँ क्लिक गर्नुहोस् ।

- अनि ‘अपलोड फोटो’ अप्सनमा क्लिक गरेर आफूले एडिट गर्न चाहेको फोटो छान्नुहोस् । 

- यति गरेपछि आफूले हटाउन चाहेको भागमा क्लिक गर्नुहोस् । 

- त्यसपछि तल देखिने बक्समा आफूले कस्तो लुगा राख्न खोज्नु भएको हो त्यो (उदाहरणका लागि Man wearing coat) लेख्नुहोस् ।

- यति गरेपछि त्यहाँ विभिन्न किसिमका कोट लगाएका फोटो देखिन्छन् । आफूले चाहेको फोटो छानेर डाउनलोड गर्न सक्नुहुन्छ । 

२) शब्दबाट फोटो

शब्दको भरमा फोटो बनाउन एडोबीले फायरफ्लाईमा ‘टेक्स्ट-टु-इमेज’ फिचर समावेश गरेको छ । टेक्स्ट-टु-इमेज फिचर प्रयोग गर्न तलको प्रक्रिया अपनाउनुहोस्:

- सबैभन्दा पहिले यहाँ क्लिक गरी उक्त साइटमा जानुहोस् । 

- साइटमा जानासाथ तपाईँलाई तलपट्टि मेसेज बक्स जस्तो अप्सन देखिन्छ । उक्त बक्समा आफूले बनाउन चाहेको फोटोलाई शब्दका रूपमा व्याख्या गर्नुहोस् । (उदाहरणका लागि Motorbike riding in mountain लेख्नुहोस्)

- यति गरेपछि तपाईंले भनेको जस्तै फोटो स्क्रिनमा देखिन्छ । उक्त फोटोमा ट्याप गरेर डाउनलोड गर्न सकिन्छ । 

त्यसबाहेक पनि थ्रीडी फोटो बनाउने,टेक्स्टदेखि भेक्टर इमेज बनाउने, टेक्स्टदेखि प्याटर्न बनाउने लगायतका फिचरमा एडोबी काम गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८० १४:३०