close

गायकको निधनपछि अधुरो भएको गीत एआईको सहयोगमा पुरा

टेकपाना टेकपाना

असार १, २०८० १७:१०

गायकको निधनपछि अधुरो भएको गीत एआईको सहयोगमा पुरा

काठमाडौं । चर्चित म्युजिकल ब्यान्ड (साङ्गितिक समूह) बिटल्स (Beatles) ले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरि निधन भइसकेको गायक जोन लेननको आवाजमा आफ्नो अधुरो गीत पुरा गरेको छ ।  

यसै वर्ष सार्वजनिक हुने तयारीमा रहेको उक्त गीत तयार पार्न एआई प्रयोग गरेको ब्यान्डका ८४ वर्षीय सदस्य पल म्याककार्टनेले बीबीसीसँगको एक अन्तर्वार्तामा बताएका छन् ।

उनका अनुसार पुरानो डेमो गीतहरूबाट ब्यान्डका स्वर्गीय गायक जोन लेननको आवाज निकालेर एआई प्रयोग गरि यो गीत तयार गरिएको हो ।

उनले गीतबारे धेरै कुरा भने खुलाएका छैनन् । तर एआई प्रयोग गरि तयार पारिएको यो नयाँ गीत १९७८ मा तयार गर्दा गर्दै अधुरो भएको ‘नाउ एन्ड देन’ (Now and Then) हुन सक्ने अनुमान गरिएको छ । 

यो गीत गायक लेननको हत्या हुन अगाडि रेकर्ड गरिएको थियो । तर पूरा हुन भने पाएको थिएन । सोही अधुरो गीतको डेमोबाट गायक लेननको स्वर निकालिएको बताइएको छ ।

यस कामका लागि सन् २०२१ मा रिलिज भएको बिटल्स ब्यान्डमाथि बनाइएको वृत्तचित्र ‘गेट ब्याक’ का निर्देशक पिटर ज्याकसनले सहयोग गरेको म्याककार्टनेले बीबीसीसँग भनेका छन् ।

त्यसबेला संगीत सहितको टेप रेकर्डरबाट लेननको आवाज मात्रै निकाल्न निर्देशक ज्याकसनले एआई प्रविधि प्रयोग गरेका थिए । यो परियोजनामा पनि उनले सोही प्रविधि प्रयोग गरेको बताइएको छ । 

पछिल्लो अध्यावधिक: असार १, २०८० १७:११