close

फ्युचर मोटर्सको एक्सचेन्ज अफर, जुनसुकै गाडीसँग विद्युतीय गाडी साट्न सकिने

टेकपाना टेकपाना

असार ६, २०८० १५:५६

फ्युचर मोटर्सको एक्सचेन्ज अफर, जुनसुकै गाडीसँग विद्युतीय गाडी साट्न सकिने

काठामाडौं । फ्युचर मोटर्स प्रालिले दुई दिने एक्सचेन्ज अफर ल्याएको छ । वातावरण प्रदूषणलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ कम्पनीले जुनसुकै मोडेलका गाडीलाई विद्युतीय गाडी (ईभी) सँग एक्सचेन्ज गर्न सकिने अफर ल्याएको हो । 

कम्पनीले यो अफर शुक्रबार र शनिबारका लागि खुला गरेको छ । सिराहा लाहान नगरपालिका र भक्तपुरमा भएको फ्युचर मोटर्सको सोरूमबाट आफ्नो जुनसुकै मोडेलको बस, भ्यान तथा कार एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ । 

त्यस्तै कार हुनेहरूले भने नेटा भीसँग आफ्नो कार एक्सचेन्ज गर्न सकिने कम्पनीका सेल्स मेनेजर प्रवानन्द साहले बताए । “भ्यान, हाइस, बस एक्सचेन्ज गरेर ११ सिटे १४ सिटे केवाईसी भ्यान लिन सक्नुहुन्छ,” साहले अगाडि भने, “अहिले हामीले नबिल बैंकबाट ८० प्रतिशत फाइनान्स मिलाउने व्यवस्था गरेका छौं ।”

कम्पनीले उपलब्ध गराउने ११ सिटर विद्युतीय सवारी केवाईसी भ्यानको मूल्य ४५ लाख ५० हजार रुपैयाँ रहेको छ भने १४ सिट भएको विद्युतीय केवाईसी भ्यानको मूल्य ५६ लाख ५० हजार रुपैयाँ रहेको छ । 

एक पटकको फूल चार्जमा ३०० किलोमिटर रेञ्ज दिने यस ईभीमा क्याटल ब्रान्डको ४१.८६ किलोवाट आवर क्षमताको ब्याट्री राखिएको छ । कम्पनीले यो मोडेलको ब्याट्री र मोटरमा पाँच वर्ष वा दुई लाख किलोमिटर वारेन्टी दिएको छ । 

 

पछिल्लो अध्यावधिक: असार ६, २०८० १५:५६