close

नेपालमा सबैभन्दा धेरै सिङ्गापुरबाट आउँछ इन्टरनेट डेटा, दोस्रोमा अमेरिका

टेकपाना टेकपाना

असार ११, २०८० १५:१२

नेपालमा सबैभन्दा धेरै सिङ्गापुरबाट आउँछ इन्टरनेट डेटा, दोस्रोमा अमेरिका

काठमाडौं । नेपालको सबैभन्दा धेरै इन्टरनेट ट्राफिक सिङ्गापुर जाने गरेको पाइएको छ । केही दिन अघि एक कार्यक्रम माझ नेटवर्क अपरेटर्स ग्रुप नेपालका अध्यक्ष तथा  इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) समित जनले यस्तो विवरण सार्वजनिक गरेका हुन् ।

उनका अनुसार नेपालको कूल इन्टरनेट ट्राफिकमा सिङ्गापुरको हिस्सा ३०.६ प्रतिशत रहेको छ । नेपालको दोस्रो धेरै २९.१ प्रतिशत इन्टरनेट ट्राफिक अमेरिका जाने गरेको उल्लेख छ ।

त्यसपछि तेस्रो स्थानमा रहेको हङ्कङबाट ११.४ प्रतिशत, चौथो स्थानमा रहेको नेदरल्यान्डबाट ११.१ प्रतिशत इन्टरनेट डेटा नेपाल भित्रिने गरेको छ ।

त्यसपछि पाँचौं स्थानमा रहेको भारतबाट ६.४ प्रतिशत, छैटौं स्थानमा रहेको आयरल्यान्डबाट ५.५ प्रतिशत, सातौं स्थानमा रहेको फ्रान्सबाट तीन प्रतिशत र आठौं स्थानमा रहेको मलेसियाबाट २.८ प्रतिशत इन्टरनेट डेटा आउने गरेको छ ।

यो विवरणमा लोकल ब्यान्डविथ तथा ट्राफिकको विवरण भने समावेश छैन । सिङ्गापुर दक्षिण एसियाली क्षेत्रको मुख्य डेटा सेन्टर हब हो ।

जहाँबाटै यस क्षेत्रमा इन्टरनेट, क्लाउड, दूरसञ्चार र कोलोकेसन सर्भर सञ्चालनका लागि विभिन्न किसिमका सुविधा उपलब्ध हुने गरेका छन् । 

पछिल्लो अध्यावधिक: असार ११, २०८० १५:१२