काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) मा रोजगारीको अवसर खुलेको छ । कम्पनीले विभिन्न पदमा गरी २० जना कर्मचारी माग गरेको हो ।
यसअन्तर्गत सपोर्ट एक्ज्युकेटिभ १ जना, सिस्टम एनालिस्ट (रिपोर्ट्स, एमआईएस एन्ड अटोमेसन) १ जना, सिस्टम एनालिस्ट (पेमेन्ट सिस्टम) ४ जना, जुनियर एन्ड्रोइड डेभलपर १ जना, जाभा डेभलपर ३ जना, फ्रन्ट-इन्ड डेभलपर १ जना, बिजनेश एनालिस्ट १ जना, एचआर एक्ज्युकेटिभ अफिसर १ जना, बिजनेश डेभलपमेन्ट एक्ज्युकेटिभ २ जना र फेलोशिप इन्टर्न सफ्टवेयर डेभलपमेन्ट ५ जना कर्मचारी माग गरिएको छ ।
एचसीएचएलको यो वेबसाइटमा गई १३ जुलाई, २०२३ भित्र इच्छुक व्यक्तिले रोजगारीका लागि आवेदन दिन सक्नेछन् ।