close

ज्याकमा कति रिङ भएको हेडफोन किन्ने ? यस्तो हुन्छ भिन्नता

टेकपाना टेकपाना

असार २०, २०८० १०:३५

ज्याकमा कति रिङ भएको हेडफोन किन्ने ? यस्तो हुन्छ भिन्नता

काठमाडौं । यदि तपाईँले हेडफोन वा इयरफोनको ज्याक राम्रोसँग नियाल्नु भएको छ भने पक्कै पनि त्यसमा विभिन्न साना काला धर्काले छुट्याइएका रिङहरू देख्नु भएको हुनसक्छ ।

कहिल्यै सोच्नु भएको छ हेडफोन वा इयरफोनमा त्यस्ता रिङ किन राखिएको हुन्छ होला ? राखे पनि कुनैमा एउटा, कुनैमा दुई ओटा वा कुनैमा तीन ओटा किन राखिन्छ ? 

ज्याकमा भएका हरेक सर्कल वा रिङको आफ्नै विशेषता हुन्छ । आज हामी इयरफोन वा हेडफोनको ज्याकमा हुने यस्तो रिङको विषयमा जानकारी दिँदैछौँ । 

१) सिङ्गल रिङ 
तपाईं हामीले प्रयोग गर्ने हेडफोन वा एयरफोनमा सिङ्गल रिङ भने हुँदैन । तर पनि केही अडियो डिभाइसमा प्रयोग हुने ज्याकमा सिङ्गल रिङ हुन्छ । यो सिङ्गल रिङ कनेक्टरलाई टीआरएस अर्थात टिप, रिङ एन्ड स्लिभ पनि भनिन्छ । 

यसमा एउटा मेटल टिप (धातुले बनेको अगाडिको भाग), एउटा सिङ्गल रिङ र कनेक्टरको बेस राखिएको हुन्छ । टीआरएस विभिन्न अडियो डिभाइस कनेक्ट गर्नका लागि प्रयोग गरिन्छ ।

विशेषगरी एउटै स्पिकर भएको डिभाइस (डिजे) मा प्रयोग हुने कनेक्टरमा सिङ्गल रिङ हुन्छ । एउटा मात्र रिङ भएको कनेक्टर छ भने उक्त हेडफोन वा स्पिकरले माइक्रोफोन वा स्टेरियो साउन्ड सपोर्ट गर्दैन । यो एउटै आवाजमा मात्र केन्द्रित हुन्छ । 

२) डबल रिङ (टीआरआरएस टिप, रिङ, रिङ, स्लिभ)
डबल रिङ कनेक्टर वा टीआरआरएस यस्तो किसिमको ज्याक हो जो सिङ्गल रिङ भएको ज्याकको तुलनामा बढी अत्याधुनिक हुन्छ । यसमा एउटा मेटल टिप, दुई ओटा रिङ र अन्तिममा स्लिभ हुन्छ ।

यो कनेक्टर प्रयोग गर्दा दुबै स्पीकरमा फरक फरक अडियो जान्छ । जसलाई स्टेरियो अडियो भनिन्छ । थ्रीडी, एटडी अडियो यसैको डबल रिङ राखिएकाले सम्भव भएको हो । अधिकांश इयरफोन तथा हेडफोन ज्याकमा डबल रिङ हुन्छ । 

३) ट्रिपल रिङ (टीआरआरआरएस-टिप, रिङ, रिङ, रिङ, स्लिभ)
ट्रिपल रिङमा भएको हेडफोनमा सबैभन्दा पहिले टिप, त्यसपछि तीन ओटा रिङ र अन्तिममा स्लिभ हुन्छ । प्रायः महँगा वा भनौं राम्रा हेडफोन तथा इयरफोन ज्याकमा तीन ओटा रिङ हुन्छन् ।

यसको अर्थ एउटा रिङले अडियो पठाउने, दोस्रो रिङले माइक्रोफोन सपोर्ट गर्ने र तेस्रो रिङले इनलाइन कन्ट्रोल जस्तो सुविधा दिएको हुन्छ । इनलाइन कन्ट्रोलमा हेडफोनबाटै भोल्युम, प्लेब्याक, कल उठाउने वा काट्ने काम समावेश हुन्छन् ।

तीन ओटा रिङ हुने हेडफोन वा एयरफोनले स्तरीय साउन्ड पठाउँछ । यी तीन ज्याक मध्ये ट्रिपल रिङ भएको ज्याक सबैभन्दा उत्कृष्ट हुन्छ । ट्रिपल रिङ भएको ज्याङले स्तरीय आवाज सुन्न मद्दत गर्छ । 

पछिल्लो अध्यावधिक: असार २०, २०८० १०:३५