close

भिभोको ‘मनसुन फेस्टिभल’, यी फोनको मूल्य घट्यो

टेकपाना टेकपाना

असार २१, २०८० १३:३४

भिभोको ‘मनसुन फेस्टिभल’, यी फोनको मूल्य घट्यो

काठमाडौं । भिभोले नेपाली बजारका लागि 'मनसुन फेस्टिभल' ल्याएको छ । जुलाई १ देखि जुलाई ३१ सम्म सञ्चालन हुने यो योजनाअन्तर्गत कम्पनीले वाई सिरिजका मोडेलहरूको मूल्य घटाएको छ ।

भिभोका अनुसार वाई२२एस, वाई१५सी, वाई१६, वाई०२, वाई२२ र वाई०१ स्मार्टफोनहरूमा विशेष छुट दिइएको छ ।

कम्पनीले २७ हजार ९९९ रुपैयाँ मूल्य रहेको वाई२२एस रु. २५ हजार ४९९ मा उपलब्ध गराउने घोषणा गरेको छ ।

त्यस्तै वाई१५सी को मूल्य रु. १७,९९९ बाट घटेर रु १४,९९९ पुगेको छ ।

त्यस्तै वाई१६ माेडेलमा एक हजार रुपैयाँ घटाइएको छ । अब यो फोन रु १७,९९९ मा उपलब्ध हुनेछ ।

वाई०२ को मूल्य पनि एक हजारले घटेको छ । अब यो फोन ११ हजार ९९९ रुपैयाँमा किन्न सकिनेछ ।

कम्पनीले वाई२२ को बजार मूल्य २२ हजार ९९९ भएता पनि ३१ जुलाईसम्म २१ हजार ४९९ रुपैयाँमा उपलब्ध गराउने जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: असार २१, २०८० १३:४१