close

दराजको महाबचत बजार अफरमा भिभोको स्मार्टफोन जित्ने अफर

टेकपाना टेकपाना

साउन २, २०८२ २०:३६

दराजको महाबचत बजार अफरमा भिभोको स्मार्टफोन जित्ने अफर

काठमाडौँ । स्मार्टफोन कम्पनी भिभोले दराजसँग सहकार्य गर्दै महाबचत बजार अफरमा सहभागिता जनाएको छ ।  यो अभियान २ साउनदेखि १६ साउन (१८ जुलाईदेखि ३१ जुलाई) सम्म चल्नेछ । 

यस अभियान अन्तर्गत, भिभोले विभिन्न अफरहरू ल्याएको छ । यसमा मेगा उपहारमा एकजनाले दराजको डेलिभरी ब्यागमा भिभोको ब्रान्डिङ स्पोट गरेर सामाजिक सञ्जालमा ट्याग गर्दा भिभो भी५० लाईट जित्न सक्नेछन् । साथै, फ्ल्यास सेलमा भिभो बड्स मात्र ८४८ रुपैयाँमा खरिद गर्न सकिनेछ भने भिभो स्मार्टफोन हरूको खरिदमा अधिकतम १० हजार रूपैयाँसम्मको छुट कुपन पाउन सकिने कम्पनीले जनाएको छ । 

यो सहकार्यले ग्राहकहरूलाई सुपथ मूल्यमा सामान उपलब्ध मात्र गर्दैन, यसले नेपालमा भिभोको डिजिटल वृद्धिको यात्रामा एउटा महत्वपूर्ण कदम पनि चालेको कम्पनीको भनाइ छ । 

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १९:२५