close

चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

टेकपाना टेकपाना

असार ३०, २०८० १२:४४

चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

काठमाडौं । चार्जमा रहेको मोबाइल फोन उठाउँदा करेन्ट सर्ट भएर झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका वडा नं १ को टुनु बस्तीका जगत बहादुर बुढाथोकी रहेका छन् । 

असार २९ गते दिउँसो करिब साढे ३ बजेको समयमा फोन आएपछि चार्जमा राखेकै अवस्था फोन उठाउन खोज्दा करेन्ट सर्ट भई उनको घटनास्थलमै मृत्यु भएको हाे ।

यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असार ३०, २०८० १४:२२