close

खल्ती डिजिटल वालेटको बोर्ड सदस्य बने वर्ल्डलिङ्कका संस्थापक दीलिप अग्रवाल

टेकपाना टेकपाना

साउन ५, २०८० १०:१७

खल्ती डिजिटल वालेटको बोर्ड सदस्य बने वर्ल्डलिङ्कका संस्थापक दीलिप अग्रवाल

काठमाडौं । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कका अध्यक्ष तथा प्रबन्ध निर्देशक दीलिप अग्रवाल खल्ती डिजिटल वालेटको बोर्ड सदस्यमा नियुक्त भएका छन् । अग्रवाल खल्तीको पाँच सदस्यीय बोर्डमा नियुक्त भएको कम्पनीले जनाएको हो ।

खल्तीमा वर्ल्डलिङ्कको ४० प्रतिशत लगानी रहेको छ । कम्पनीको बोर्ड अध्यक्ष मनोज अग्रवाल रहेका छन्, उनी वर्ल्डलिङ्कका निर्देशक समेत हुन् । उनीसँगै वर्ल्डलिङ्कको बोर्ड सदस्य रहेका सञ्जय शाह कम्पनी छोडेर गोल्यान ग्रुपमा गएपछि उनको स्थानमा वर्ल्डलिङ्कका संस्थापक समेत रहेका दीलिप अग्रवाल आएका हुन् ।

खल्तीको बाँकी बोर्ड सदस्यमा अमित अग्रवाल, अर्विन साह र मनिष मोदी रहेका छन् । हाल नेपालको डिजिटल वालेटको बजारमा खल्तीको हिस्सा करिब २० प्रतिशत रहेको अनुमान गरिन्छ ।

पछिल्लो अध्यावधिक: साउन ५, २०८० १०:१७