काठमाडौं । भियतनामी ह्याकरको कब्जामा रहेको अर्थमन्त्री प्रकाशशरण महतको आधिकारिक फेसबुक पेज एक महिनापछि फिर्ता आएको छ । गत जुन १७ पछि भियतनामी ह्याकरको नियन्त्रणमा रहेको सो पेज अर्थमन्त्रीको प्राविधिक टिमले बिहीबार फिर्ता ल्याएको हो ।
टेकपानासँग कुरा गर्दै अर्थमन्त्री महतका प्रेस संयोजक प्रकाश थापाले एक महिनापछि पेज नियन्त्रणमा आएको जानकारी दिए ।
“पुरानो आईडीको पासवर्ड हराएपछि पेजको एक्सेस गुमेको थियो,” उनले भने, “सोझै मेटासँग कुरा गरेर पेज फिर्ता ल्याएका हाैं ।”
पेजको ट्रान्सप्यारेन्सीमा सो पेजको एक्सेस चार ओटा भितानामी अकाउन्टबाट भएको देखिएको भएपनि अनावश्यक पोस्ट केही नभएको थापाले बताए । “पेजबाट अनावश्यक पोस्ट केही भएको थिएन । हाम्रो नियन्त्रण बाहिर मात्र गएको थियो,” उनले भने ।