close

अन्ततः सार्वजनिक भयो थ्रेड्सको वेब भर्सन

टेकपाना टेकपाना

भदौ ८, २०८० १६:३१

अन्ततः सार्वजनिक भयो थ्रेड्सको वेब भर्सन

काठमाडौं । अन्तत: मेटाले सामाजिक सञ्जाल थ्रेड्सको वेब भर्सन सार्वजनिक गरेको छ । एक्स (ट्वीटर)को प्रतिस्पर्धीका रूपमा पहिचान बनाएको प्लेटफर्मले बिहीबार वेब भर्सन सार्वजनिक गरेको हो ।

योसँगै सबै प्रयोगकर्ताले थ्रेड्स डट नेट (threads.net) बाट थ्रेड्स चलाउन सक्नेछन् । थ्रेड्स माेबाइल एपमा मात्र उपलब्ध हुँदा निरन्तर सक्रिय प्रयाेगकर्ता घट्न थालेपछि कम्पनीले गत हप्ता मात्रै वेब भर्सन ल्याउने घाेषणा गरेकाे थियो ।

थ्रेड्सको वेबभर्सनमा इन्स्टाग्राम अकाउन्ट प्रयोग गरी लगइन गर्न सकिने छ । यसबाट लिङ्क र फोटो/भिडिओ सहित ५०० क्यारेक्टर र पाँच मिनेटसम्मको भिडिओ पोस्ट गर्न सकिने मेटाले जनाएको छ ।

तर अन्य प्रयोगकर्ताले पोस्ट गरेका कुरालाई भने लाइक वा शेयर गर्न सकिँदैन । त्यसो गरे थ्रेड्स एप डाउनलोड गर्न क्यूआर कोड आउँछ । त्यस्तै यसबाट आफ्नो प्रोफाइल एडिट गर्न नसकिने र डाइरेक्ट मेसेज (डीएम) गर्नसमेत नसकिने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: भदौ ८, २०८० १६:४१