close

वर्ल्डलिङ्कले सिनेमा हलदेखि सार्वजनिक स्थानका डिस्प्लेमा एसिया कपको निःशुल्क लाइभ देखाउने

टेकपाना टेकपाना

भदौ १३, २०८० १३:४७

वर्ल्डलिङ्कले सिनेमा हलदेखि सार्वजनिक स्थानका डिस्प्लेमा एसिया कपको निःशुल्क लाइभ देखाउने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कले देशका १५ सहरमा एसिया कप क्रिकेट अन्तर्गत नेपाली टिमले खेलेको क्रिकेट म्याच पब्लिक स्क्रिनमा देखाउने भएको छ ।

नेपाली क्रिकेट संघ (क्यान) सँग कनेक्टिभिटी पार्टनरका रूपमा जोडिएको वर्ल्डलिङ्कले नेपालले खेलेका सम्पूर्ण किक्रेट म्याच पब्लिक स्क्रिनमा निःशुल्क देखाउने भएको हो ।

वर्ल्डलिङ्कका अनुसार क्रिकेट म्याच बिर्तामोडको हनुमान कम्प्लेक्स, दमकको डीएमएक्स सिनेमा, विराटनगरको सेन्ट्रल मलको छेउमा र धरानको घोपा ट्याक्सी स्ट्यान्ड अगाडि पब्लिक स्क्रिनमा देखाइनेछ । त्यसैगरी राजविराजको आनन्द शाह राजदेवी कभर्ड हल, जनकपुरको राम मन्दिर, घण्टाघर र गौरको गौर राइस मिलबाट पनि पब्लिक स्क्रिनमा क्रिकेट म्याच हेर्न सकिनेछ । 

साथै वीरगन्जको माइस्थान मन्दिर, हेटौँडाको हुप्रा चौर, दमौलीको अनशन चौतारी, बुटवलको देवीनगर छौपरी, भैरहवाको लुम्बिनी गेट, दाङको भरतपुर ग्राउन्ड, तुलसीपुर ड्रिम पार्टी प्यालेस र सन्धिखर्ककी अर्घाखाँची सभा हलमा गएर समेत नेपाली टोलीले खेलेको क्रिकेट म्याच हेर्न सकिने कम्पनीले उल्लेख गरेको छ । 

वर्ल्डलिङ्क आफ्नो ओटीटी प्लेटफर्म नेटटीभीबाट म्याच प्रत्यक्ष प्रसारण गर्न असमर्थ भएको छ । त्यसैले सेवाग्राहीको सुविधाका लागि कम्पनीले पब्लिक स्क्रिनमा म्याच देखाउन लागेको हाे ।

कनेक्टिभिटी पार्टनरका रूपमा रहेकाले क्रिकेटको प्रचार र प्रवर्द्धनका लागि म्याच लाइभ देखाउन लागिएको कम्पनीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: भदौ १३, २०८० १३:५०