close

डिशहोमले काठमाडौंका रेस्टुरेन्ट र मलहरूमा एसिया कप क्रिकेटको लाइभ देखाउँदै

टेकपाना टेकपाना

भदौ १३, २०८० १६:१०

डिशहोमले काठमाडौंका रेस्टुरेन्ट र मलहरूमा एसिया कप क्रिकेटको लाइभ देखाउँदै

काठमाडौं । डीटीएच एवं इन्टरनेट सेवाप्रदायक डिशहोमले काठमाडौंका विभिन्न कम्प्लेक्स मल र रेस्टुरेन्टमा एसिया कप क्रिकेटको लाइभ देखाएको छ ।

नेपाल र पाकिस्तानबीच भइरहेको प्रतियोगिताको पहिलो खेल डिशहोमले ठूलो स्क्रिनमा सयौं दर्शकमाझ देखाएको हो ।

यसअन्तर्गत केएल टावर चाबहिल, बिजी मल गोङ्गबु, आइप्लेक्स मल बानेश्नवर लगायतका मल तथा विभिन्न रेस्टुरेन्टमा ठूलो पर्दामा खेल देखाएको कम्पनीले जानकारी दिएको छ । 

पछिल्लो अध्यावधिक: भदौ १३, २०८० १६:१०