close

आईफोनमा युट्युब भिडिओ तथा अडिओ डाउनलोडको उपाय खोज्दै हुनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

भदौ १४, २०८० १६:५५

आईफोनमा युट्युब भिडिओ तथा अडिओ डाउनलोडको उपाय खोज्दै हुनुहुन्छ ? यसो गर्नुहोस्

 

काठमाडौं । अवश्य नै तपाईं पनि इन्टरनेट कनेक्सन भएका जुनसुकै स्थानमा आफ्नो आईफोनमा युट्युब भिडिओ हेर्नु हुन्छ । तर हामी सधैं इन्टरनेटको सम्पर्कमा हुँदैनौं ।

यदि तपाईं वाईफाई अथवा मोबाइल डेटा सिग्नल नहुँदा पनि आफूलाई मन पर्ने युट्युब क्लिप हेर्न चाहनु हुन्छ आज हामी तपाईंलाई आईफोनमा युट्युबबाट भिडिओ तथा अडिओ डाउनलोड गर्ने दुई तरिका बताउँदै छौं ।

 

युट्युब भिडिओ डाउनलोड गर्नु कानूनी हो कि गैरकानूनी ?

यो आफैंमा अलिकति जटिल प्रश्न हो । यदि तपाईं युट्युबकै सेवा प्रयोग गरेर आईफोनमा युट्युब भिडिओ डाउनलोड गर्नु हुन्छ भने शतप्रतिशत सही छ । तर यो प्लेटफर्मले आफ्नो सर्भरभन्दा बाहिरबाट त्यत्तिको क्वालिटी अर्थात गुणस्तरमा भिडि‌ओ डाउनलोड गर्ने स्वीकृति भने दिंदैन ।

वास्तवमा एप डेभलपरका लागि युट्युब भिडिओ डाउनलोड गर्ने एप बनाउन र एप स्टोरमा राख्ने कार्य युट्युबको सेवाको सर्त विपरीत हुन जान्छ । यति भन्दैगर्दा कम्पनीले यदि तपाईंले थर्ड पार्टी एप प्रयोग गरी युट्युब भिडिओ डाउनलोड गर्नु भयो भने पनि कम्पनीले खासै केही गर्न सक्दैन ।

यद्यपि तपाईंले त्यसरी डाउनलोड गरेका भिडि‌ओ खासगरी कपीराइट भएका भिडिओ अनलाइनका लागि अपलोड गर्नु भयो भने चाहिं केही कदम चाल्न सक्छन् । त्यसैले यसरी डाउनलोड गरेका भिडिओ सुरक्षित तरिकाले चलाउनुहोस्ः यस्ता भिडिओ केवल आफ्नो व्यक्तिगत प्रयोगका लागि मात्रै डाउनलोड गर्नुहोस् ।

युट्युब प्रिमियमबाट युट्युब भिडिओ डाउनलोड गर्ने तरिकाः युट्युबले आईफोनमा भिडिओ डाउनलोड गर्नका लागि सुझाउने तथा चाहने तरिका भनेको त्यसका लागि शुल्क तिर्नु नै हो । युट्युब प्रिमियम सब्सक्रिप्सन लिंदा तपाईंले अधिकांश भिडिओका लागि सहज किसिमको डाउनलोड बटन पाउनु हुनेछ ।

जसबाट तपाईंले छरितो किसिमले आफूलाई मन पर्ने भिडिओ कुनै पनि समय अफलाइन हेर्न सकिने गरी डाउनलोड गर्न सक्नु हुन्छ । युट्युब प्रिमियमका अन्य फाइदा पनि छन्, ३.४९ अमेरिकी डलरमा भिडिओ अघि आउने विज्ञापन पन्छाउन सकिनुका साथै प्रिमियम १०८० पिक्सेलको उच्च गुणस्तरीय बिटरेट पनि पाउन सकिन्छ ।

युट्युब भिडिओ डाउनलोड गर्न यो अलि खर्चिलो तरिका हुन सक्छ, तर युट्युबले मान्यता दिएको उपाय नै यही हो । पैसा नतिरी डाउनलोड गर्ने कसरी ? युट्युब डाउनलोडरका अन्य विकल्पसँगै युट्युब भिडिओ क्यामेरा रोल अथवा फाइल एपमा डाउनलोड गर्न ज्याद (JAYD) आईओएसका लागि एउटा गज्जबको शर्टकट हो ।

तर यसका लागि तपाईंले उक्त शर्टकट इन्स्टल गरेर मात्रै पुग्दैन-तपाईंले स्क्रिप्टेबल नामक एउटा अर्को निःशुल्क एप समेत डाउनलोड गर्नु पर्ने हुन्छ ।

  • सुरुमा यहाँ क्लिक गरेर ज्याद शर्टकट इन्स्टल  गर्नुहोस् ।
  • त्यसपछि आईफोनका लागि यहाँ क्लिक गरेर स्क्रिप्टेबल एप पनि डाउनलोड गर्नुहोस् ।
  • दुवै डाउनलोड गरिसकेपछि आफ्नो आईफोनमा रहेको युट्युब एपमा गएर र आफूले डाउनलोड गर्न चाहेको भिडिओ खोज्नुहोस् ।
  • त्यसपछि शेयर बटन थिच्नुहोस् । युट्युबले आईफोनको बिल्ट-इन शेयर शिट लुकाइदिने भएकाले तपाईंले त्यहाँ रहेका एपहरूको विकल्प स्क्रोल गरी मोर (More) मा दबाउनु पर्ने हुन्छ ।
  • यति गरिसकेपछि तलतर्फ स्क्रोल गर्नुहोस् र ज्याद (JAYD) छान्नुहोस् ।
  • यदि तपाईं पहिलो पटक शर्टकट प्रयोग गर्दै हुनुहुन्छ भने तपाईंले ज्यादलाई उसको एपमा र तपाईंको तर्फबाट युट्युबमा सम्पर्क गर्नुे अनुमति चाहिन्छ ।
  • यति गरिसकेपछि युट्युब भिडिओ अथवा केवल अडिओ मात्र डाउनलोड गर्ने विकल्प मध्ये कुनै एउटा रोज्नु पर्ने हुन्छ र त्यसपछि ज्यादमार्फत डाउनलोड गर्ने अडिओ तथा भिडिओ कहाँ सेभ गर्ने भन्ने कुरा छान्नु पर्छ । तपाईं क्यामेरा रोल अथवा फाइल भित्र रहेको नयाँ ज्याद फोल्डरमा सेभ गर्न सक्नु हुन्छ ।
  • यसका साथै तपाईंले ज्यादलाई स्क्रिप्टेबलसँग भिडिओ शेयर गर्ने र त्यसपछि पुनः एक पटक गुगलको सर्भरमा कनेक्सन बनाउने अनुमति पनि दिनु पर्ने हुन्छ । अन्तिममा ज्यादलाई औपचारिक रूपमा फाइल सेभ गर्न दिनुहोस् । 

 

विकल्पको रूपमा युट्युब डाउनलोडर साइट (तर प्रयोग गर्दा सावधान रहनु होस्) 

आईफोनमा मोबाइल ब्राउजिङ आएको लामै समय भइसकेको छ । कतिपय हदसम्म त आईफोनमा ब्राउजिङ गर्ने कार्य म्याक अथवा अन्य कम्प्युटरमा जत्तिकै सक्षम छ ।

उदाहरणको लागि तपाईं सफारीमा युट्युब डाउनलोडर प्रयोग गर्न सक्नु हुन्छ र डेस्कटपमा जस्तैगरी युट्युब भिडिओ डाउनलोड गर्न सक्नु हुन्छ । हामी यो तरिका प्रयोग नगर्न सुझाउछौं । अनलाइन युट्युब डाउनलोडरमा स्क्याम हुन सक्छ ।

स्केचले भरिभराउ विज्ञापनको बाढी लाग्न सक्छ र समग्रमा अन्य दर्भावनायुक्त गतिविधि पनि यसमा हुन सक्छन् । यद्यपि यसले पनि काम भने गर्न सक्छ । यो उल्लेखनीय विकल्प भए पनि ज्यादमै अडिने कुरा उपयुक्त हुन सक्छ । 

पछिल्लो अध्यावधिक: भदौ १४, २०८० १७:१५