काठमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड साओमी नेपाल भित्रिएको पाँच वर्ष पूरा भएको छ । इनोभेसन, गुणस्तर र किफायती स्मार्टफोनको रूपमा नेपाल भित्रिएको साओमीले आफ्नो छुट्टै स्थान बनाउँदै पाँच वर्षे यात्रा पार गरेको हो ।
सन् २०१८ मा सार्वजनिक भएदेखि नै साओमीले नेपाली बजारमा महत्त्वपूर्ण उपस्थिति जनाएको छ । कम्पनीले किफायती मूल्यमा उच्च गुणस्तरका स्मार्टफोन उपलब्ध गराउँदै देशका अग्रणी स्मार्टफोन ब्रान्डमा खडा गर्न सफल भएको छ ।
विगतका वर्षमा जस्तै साओमी नेपालले चाडपर्वलाई लक्षित गर्दै आफ्ना लोकप्रिय मोडेलका स्मार्टफोनमा दुई हजार छुट समेत प्रदान गरिरहेको छ । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले नेपालमा साओमीको
यात्रा उल्लेखनीय रहेको र त्यसका लागि ग्राहकसँगै आफ्ना साझेदारको विश्वास र साथ प्रति आभारी रहेको बताए ।