काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ प्रविधि कम्पनी ह्वावेको रिसर्च सेन्टर गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा एक साता लामो चीन भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले ह्वावेको कार्यालय भ्रमण गरेको तस्विर सार्वजनिक भएको हो ।
माओवादी केन्द्रको आईसीटी फोरमका कार्यसमिति सदस्य शिव खकुरेलले फेसबुक मार्फत प्रधानमन्त्रीको ह्वावे भ्रमण बारे जानकारी सार्वजनिक गरेका छन् ।दलबलसहित रिसर्च सेन्टर पुगेका उनलाई ह्वावेका विभिन्न प्रविधिको विषयमा जानकारी समेत गराइएको थियो ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण टोलीमा छोरी गंगा दाहाल, परराष्ट्र मन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सहभागी छन् । त्यस्तै राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ लगायत सरकारी अधिकारी र व्यवसायी लगायत समेत भ्रमण टोलीमा समावेश छन् ।