close

डेढ करोड लगानीमा यार्सा टेकले राख्यो प्लास्टिकलाई आकार दिने मसिन

टेकपाना टेकपाना

असोज १३, २०८० १६:४९

डेढ करोड लगानीमा यार्सा टेकले राख्यो प्लास्टिकलाई आकार दिने मसिन

काठमाडौं । गेमिङ तथा सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको यार्सा टेक प्रालिले फ्याक्ट्रीमा 'इन्जेक्सन मोल्डलिङ मसिन' (Injection Molding Machine ) जडान गरेको छ । डेढ करोड लागतमा कम्पनीले फ्याक्ट्रीमै आफूले तयार पार्ने प्रडक्टका लागि आवश्यक पर्ने प्लास्टिकलाई आकार दिने मसिन जडान गरेको हो ।

''यार्साले निर्माण गर्ने मिनी इन्भर्टर, जुनकिरी लाइट, क्यूआर डिभाइस, अटोमेटिक वाटर लेभल कन्ट्रोलर जस्ता डिभाइसको बाहिरबाट कभर गरिने प्लास्टिकलाई आवश्यकता अनुसारको आकार दिएर तयार पार्न सो कम्पनीलाई अन्य कम्पनीहरूमा निर्भर हुनुपर्ने अवस्था थियो,'' टेकपानासँग कुरा गर्दै कम्पनीका प्रबन्ध निर्देशक एनजे सुवेदीले भने, "अब भने हामी आफूले निर्माण गर्न लागेको जुनसुकै डिभाइसका लागि चाहिने प्लास्टिक डिजाइन गर्न सक्छौं ।"

पोखरा महानगरपालिकास्थित ताल्चाेकमा रहेको यार्साको फ्याक्ट्रीमा गएर अब अन्य कम्पनी तथा व्यक्तिहरूले सो मसिन प्रयोग गरी आफूलाई आवश्यक पर्ने प्लास्टिकको डिजाइन बनाउन सक्ने सुवेदीले बताए ।

फ्याक्ट्रीमा हाल प्रयोगमा आइसकेको सो मसिनबाट काम गर्न पहिलेभन्दा सजिलो भएको उनले सुनाए । सुवेदीका अनुसार उक्त मसिनमा पहिलेको मसिन जस्तो म्यान्नुअल्ली धेरै काम गर्नु पर्दैन । प्लास्टिकको कच्चा पदार्थ राखेर आफूलाई आवश्यक परेको डिजाइन छनोट गरी स्वतः भने अनुसारको प्लास्टिकको आकार बाहिर आउँछ ।

पछिल्लो अध्यावधिक: असोज १४, २०८० १०:४०