close

सानिमा बैंकको ‘दशैं धमाका’, दराजबाट सामान किन्दा २० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

असोज १६, २०८० १८:३४

सानिमा बैंकको ‘दशैं धमाका’, दराजबाट सामान किन्दा २० प्रतिशतसम्म छुट

 

काठमाडौं । सानिमा बैंकले ग्राहकका लागि ‘दशैं धमाका’ योजना ल्याएको छ । यस अन्तर्गत अनलाइन मार्केटप्लेस दराजबाट सामान खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट पाइने भएको छ ।

ग्राहकहरूले सानिमा बैंकको डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु. १५०० सम्मको छुट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु २,००० सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

छुटका लागि ग्राहकले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्ने छ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्ने छन् । यो योजना १७ असोजदेखि ३० असोजसम्म १४ दिनका लागि लागू हुने बैंकले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज १६, २०८० १८:३४