close

अनलाइनमा यसरी लाइभ हेर्नुहोस् नेपाल र लाओसबीचको फुटबल खेल

टेकपाना टेकपाना

असोज २५, २०८० १७:४१

अनलाइनमा यसरी लाइभ हेर्नुहोस् नेपाल र लाओसबीचको फुटबल खेल

काठमाडौं । फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोटको पहिलो खेलमा आज नेपाल लाओससँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा अपरान्ह ५ः३० देखि सुरु भएको यो खेलको प्रसारण अधिकार कान्तिपुर टेलिभिजनले लिएको छ ।

यदि तपाईँ टिभीको पहुँचमा हुनुहुन्न र अनलाइनमा यो खेल हेर्न चाहनुहुन्छ भने यसका लागि कान्तिपुर टिभीकाे वेबसाइटमाेबाइल एप, युट्युब च्यानल वा वर्ल्डलिंकको नेटटिभी एप उपयुक्त हुनसक्छ । 

मोबाइलबाट नि:शुल्क खेलको प्रत्यक्ष प्रसारण हेर्न यसो गर्नुहोस्:  

- प्ले स्टोरमा अथवा एप स्टोरमा गएर 'नेटटिभी'  (NetTV) ​इन्स्टल गरेर ओपन गर्नुहोस् ।
- गेट स्टार्टेड (Get started) मा क्लिक गर्नुहोस् ।
- एप कसरी प्रयोग गर्ने भनेर दिइने निर्देशनहरूलाई स्किप गर्दै लगइनको पेजमा जानुहोस् । त्यहाँ गएर तपाईँले विभिन्न माध्यमबाट एपमा साइन-इन गर्न सक्नुहुन्छ । यदि तपाईँ वर्ल्डलिंकको प्रयोगकर्ता हुनुहुन्छ भने 'साइन इन विथ योर आईएसपी' अप्सनमा क्लिक गरेर आफ्नो युजरनेम र पासवर्ड राखेर लगइन गर्न सक्नुहुन्छ । अथवा साइन इन विथ गुगल, फेसबुक वा एनसेल गरेर आवश्यक विवरण भरेर लगइन गर्न सक्नुहुन्छ । 
- यसपछि स्क्रिनको बायाँतिर सबैभन्दा माथि भएको 'लाइभ टिभी' मा क्लिक गर्नुहोस् ।
- कान्तिपुर टिभीले साे खेलको प्रत्यक्ष प्रसारण गरिरहेकाे छ । कान्तिपुर टिभी अथवा कान्तिपुर सिनेप्लेक्स च्यानलमा ट्याप गरेर खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २५, २०८० १७:५१