close

पब्जी खेलाउँदै एमाले निकट युवा संघ, पहिलो हुनेलाई २ लाख पुरस्कार

टेकपाना टेकपाना

असोज ३०, २०८० १७:३७

पब्जी खेलाउँदै एमाले निकट युवा संघ, पहिलो हुनेलाई २ लाख पुरस्कार

काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले पब्जी माेबाइल प्रतियाेगिता गर्ने भएकाे छ । मङ्गलवार राजधानीमा पत्रकार सम्मेलन गर्दै युवा संघले कात्तिक २५ देखि ‘राष्ट्रिय पब्जी च्याम्पियनशिप २०८०’ आयोजना हुने जानकारी दियाे ।

प्रतियोगितामा प्रथम हुनेले दुई लाख रुपैयाँ पाउने बताइएकाे छ । त्यस्तै दोस्रो र तेस्राे हुनेले क्रमशः एक लाख र ५० हजार पुरस्कार पाउनेछन् । यसैगरी प्रतियाेगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्ता किसिमका प्रतियोगिताले डिजिटल उद्योगको क्षेत्रमा थप विकासका लागि योगदान दिने युवा संघका अध्यक्ष क्षितिज थेबेले बताए । “ठूलो डाँडामा ठूला ठूला चौतारीहरूमा भेला भएर खेल खेलेर मनाउने स्थिति लोप भइसकेको छ,” थेबेले भने, “अब हामी घर घरमै बसेर, आफ्नो घरमा मिष्ठान्न भोजनका साथ घरमै बसेर पब्जी खेली पर्व हौसलाका साथ मनाउँछौं ।”

नयाँ ढङ्गले पर्व मनाउनका लागि दशैं र तिहारको समयमा प्रतियोगिता गरेको अध्यक्ष थेबेले बताए । विशेषगरी विद्यार्थीहरूको बिदाको समय पनि पर्ने भएकाले याे समय छनोट गरेको उनको भनाइ छ । 

 

पछिल्लो अध्यावधिक: असोज ३०, २०८० १७:३७