close

दुई भाग्यशाली पठाओ चालकले पाए यामाहाको स्कुटर

टेकपाना टेकपाना

कात्तिक १, २०८० ७:२३

दुई भाग्यशाली पठाओ चालकले पाए यामाहाको स्कुटर

काठमाडौं । ‘पठाओ दशैं महोत्सव-२०८०’ को बम्पर पुरस्कार अन्तर्गत पठाओ क्याप्टेन नवराज बोगटी र पठाओ राइडर विशन सिंह कोट्टारीले यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर जितेका छन् ।

काठमाडौँ उपत्यकामा सेवा प्रदान गरिरहेका बाइक राइडर, पठाओ क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो (फुड डेलिभरी पर्सन) गरी तोकिएको मापदण्ड पूरा गरेका कुल ५८५ जनामध्ये गोला प्रथाद्वारा यी दुईलाई बम्पर पुरस्कार प्रदान गरिएको हो ।

तीन वर्षदेखि दशैं महोत्सव गर्दै आएको र आगामी दिनमा पनि यो कार्यक्रमको निरन्तरता दिइने पठाओ नेपालका प्रवन्ध निर्देशक असिम मान सिंह बस्न्यातले बताए ।

पठाओ नेपालसँग आबद्ध भई फ्रन्टलाइनमा खटिने राइडरहरूको सम्मानमा बम्पर पुरस्कारका लागि सहकार्य गरिएको यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमए. डब्लू. इन्टरप्राइजेज प्रालिका जनरल म्यानेजर (सेल्स एण्ड बिजनेस डेभलपमेन्ट) दिपक रौनियारले बताए ।

''बम्पर पुरस्कार बिजेता पठाओ क्याप्टेन नवराज बोगटी २०२२ मेमा पठाओमा आवद्ध भई करिब ३००० ट्याक्सी राइड पूरा गरेका चालक हुन् । त्यस्तै बम्पर पुरस्कारकै अर्का विजेता पठाओ राइडर विशन सिंह कोट्टारी २०२१ जनावरी देखि पठाओमा आवद्ध भई ५००० बढी बाइक राइड पूरा गरेका राइडर हुन्,'' पठाओ नेपालकाे विज्ञप्तिमा भनिएकाे छ ।

पठाओकाे दशैं महोत्सव अन्तर्गत उक्त अफर असोजको ८ गते देखि २८ गतेसम्म चलेको थियो ।

पछिल्लो अध्यावधिक: कात्तिक १, २०८० ७:२३