close

सिङ्गल चार्जमा ५२० किलोमिटर रेञ्ज दिने चिनियाँ ईभी नेपाल आउँदै, मूल्य कति होला ?

टेकपाना टेकपाना

कात्तिक ३, २०८० १५:३५

सिङ्गल चार्जमा ५२० किलोमिटर रेञ्ज दिने चिनियाँ ईभी नेपाल आउँदै, मूल्य कति होला ?

काठमाडौं । चीनको दोस्रो ठूलो अटो कम्पनी चांगन अटोको दीपल एस सेभेन ईभी नेपाल आउने भएको छ । नेपालका लागि चांगम अटोको आधिकारिक बिक्रेता एमएडब्लु भ्रिद्धीले आगामी वर्ष दीपल एससेभेन मोडेलको ईभी सार्वजनिक गर्ने भएको हो । कम्पनीका अनुसार २०२४ को पहिलो त्रैमासिकमा उक्त ईभी नेपालमा सार्वजनिक हुनेछ ।

चिनियाँ सञ्चार माध्यमका अनुसार उक्त ईभी चीनमा ३० जुलाईमा सार्वजनिक गरेको थियो । जसको सुरुवाती मूलक्य कम्पनीले एक लाख ८९ हजार ९०० युवान (करिब ३४ लाख ५० हजार रुपैयाँ) तोकिएको थियो । गाडीको ह्विलबेस २९०० एमएम छ भने ४७५० एमएम लम्बाइ, १९३० एमएम चौडाइ र १६२५ एमएम उचाइ रहेको छ । गाडीको ढाकाका लागि गोप्य ह्यान्डल समावेश छ ।

यसमा पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर दिइएको छ । लोअर भर्सनको लागिमा १४० किलोवाट क्षमताको मोटर छ भने हाइ-पावर भर्सनमा १९० किलोवाट क्षमताको मोटर छ । नेपालमा सार्वजनिक हुने ईभीमा कुन मोटर हुने भन्ने स्पष्ट छैन ।

यो गाडीमा ३२० एनएमको उच्चतम टर्क छ । त्यस्तै शून्यदेखि १०० किलोमिटरको स्पिड पकड्न यो गाडीले ६.७ सेकेन्डदेखि ७.५ सेकेन्डसम्म लगाउने कम्पनीको दाबी छ । त्यस्तै यसमा दुई ओटा ब्याट्री भेरियन्ट रहेका छन् । एउटा ६६.८ किलोवाट आवर र अर्को ७९.९७ किलोवाट आवर । यी ब्याट्रीले क्रमशः ५२० र ६२० किलोमिटर रेञ्ज दिने बताइएको छ ।

गाडीको आन्तरिक भागको कुरा गर्नुपर्दा यसमा परम्परागत एलसीडी प्यानल हटाइएर एआर-एचयूडी होलोग्राफिक अग्मेन्टेड रियालिटी सिस्टम प्रयोग गरिएको छ । १५.६ ईन्चको फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रिनलाई १५ डिग्रीको कोणसम्म घुमाउन सकिन्छ । सो कन्ट्रोल सिस्टममा क्वाल्कम स्नापड्रागन ८१५५ चिप समावेश गरिएको छ । सुरक्षाको सन्दर्भमा यो गाडीमा एड्भान्स्ड ड्राइभिङ असिस्टेन्ट फङ्सन रहेका छन् । जसले स्वतः लेन परिवर्तन गर्ने वा गाडीलाई बीच लेनमा पार्ने बताइएको छ । यद्यपि नेपालमा सार्वजनिक गर्न लागेको कम्पनीले गाडीको नाम बाहेक अरू कुनै विवरण सार्वजनिक गरेको छैन । तसर्थ यिनै फिचर हुन्छन् वा हुँदैनन् भन्ने स्पष्ट छैन ।

 

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०८० १५:३५