close

करिब ४० करोड पुरस्कार राशि रहेको पब्जी विश्वकपमा आज नेपाली टिम डीआरएस गेमिङ भिड्दै

टेकपाना टेकपाना

कात्तिक ३०, २०८० ११:१२

करिब ४० करोड पुरस्कार राशि रहेको पब्जी विश्वकपमा आज नेपाली टिम डीआरएस गेमिङ भिड्दै

काठमाडौं ।  पब्जी विश्वकप अर्थात् ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२३ अन्तर्गत आजदेखि नेपाली टिम डीआरएस गेमिङको खेल सुरु हुँदैछ । ग्रुप एल्लाेमा रहेकाे डीआरएस गेमिङले पब्जी विश्वकपको समूह चरणबाट आफ्नो यात्रा सुरु गर्न लागेकाे हाे ।

गत संस्करणकाे पब्जी विश्वकप अर्थात् पीएमजीसी २०२२ मा डीआरएस गेमिङ दोस्रो स्थानमा रहन सफल भएको थियो । साेही संस्करणमा गरेकाे प्रदर्शनकाे आधारमा डीआरएसलाई प्रतियोगिताकाे समूह चरणमा विशेष आमन्त्रण गरिएको हो ।

यो प्रतियोगतामा कूल ५० टिम सहभागी रहेकोमा ४८ टिमले समूह चरणको खेल खेल्नेछन् भने दुई टिमलाई सिधै अन्तिम चरण (फाइनल्स स्टेज) का लागि आमन्त्रण गरिएको छ ।

समूह चरण अन्तर्गत ग्रुप ग्रीन, ग्रुप रेड र ग्रुप एल्लाेमा १६-१६ टिम छन् ।

डीआरएस आबद्ध ग्रुप एल्लोको खेल १९ नाेभेम्बरसम्म सञ्चालन हुने बताइएकाे छ । हरेक दिन  ६ खेल गरी चार दिनसम्म कूल २४ खेल हुनेछन् । शीर्ष तीन टिम सिधै ग्रान्ड फाइनल्समा प्रवेश गर्नेछन् भने चौंथोदेखि ११ औं स्थानमा रहेका टिम सर्भाइबल स्टेजमा जानेछन् । बाँकी पाँच टिम भने समूह चरणबाटै बाहिरिनेछन् ।

ग्रुप स्टेजपछि सर्भाइभल स्टेज, लास्ट चान्स र ग्रान्ड फाइनल्सका खेल हुनेछन् । ग्रान्ड फाइनल्समा पुग्ने १६ टिमबीच डिसेम्बर ८-१० सम्म प्रतिस्पर्धा हुनेछ । पब्जी मोबाइल ईस्पोर्ट्सको आधिकारिक युट्युब च्यानल र फेसबुक पेजबाट यो प्रतियोगिताका खेल प्रत्यक्ष हेर्न सकिनेछ । 

प्रतियाेगितामा ३० लाख अमेरिकी डलर अर्थात् करिब ४० करोड रुपैयाँ पुरस्कार राशि रहेको छ । 

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०८० ११:५२