close

भीपीएन र डीएनएस प्रयोग गर्दा तपाईंको इन्टरनेट स्लो हुन सक्छ: भायानेट

टेकपाना टेकपाना

मंसिर ६, २०८० १६:१

भीपीएन र डीएनएस प्रयोग गर्दा तपाईंको इन्टरनेट स्लो हुन सक्छ: भायानेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक (आईएसपी) मध्येको एक भायानेट कम्प्युनिकेसनले भीपीएन र डीएनएस प्रयोग गर्दा इन्टरनेट स्लो हुनसक्ने बताएको छ । एक सूचना जारी गर्दै नि:शुल्क भीपीएन तथा डीएनएस प्रयोग गर्दा इन्टरनेट स्लो हुनुका साथै साइबर खतराहरूको जोखिम हुनसक्ने भायानेटले बताएको हो ।

"हामी तपाईंको अनलाइन सुरक्षाको ध्यान राख्छौं । केही नि:शुल्क भीपीएन र डिएनएसबाट सतर्क रहनुहोस्,” सूचनामा भायानेटले भनेको छ, “तिनीहरूमा सीमित ब्यान्डविथ र पर्फर्मेन्स एकरुप नहुनेजस्ता समस्याहरू हुनुका साथै सुरक्षा र डेटाको गोपनीयतामा जोखिमहरू निम्त्याउँछन् ।” त्यस्तै यदि तिनीहरू प्रयोग गर्ने हो भने अनुसन्धान गरेर मात्र प्रयोग गर्नु भियानेटले सल्लाह दिएको छ ।

“सुरक्षित र सहज अनलाइन अनुभवको लागि नि:शुल्क भीपीएन र डीएनएसहरूको अनुसन्धान र अन्वेषण गरेर मात्र प्रयोग गर्न हामी सल्लाह दिन्छौं," भायानेटको सूचनामा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: मंसिर ६, २०८० १६:३