close

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालनको आरोपमा थप दुई पक्राउ

टेकपाना टेकपाना

मंसिर १८, २०८० १४:२६

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालनको आरोपमा थप दुई पक्राउ

काठमाडौं । अनलाइन मार्फत यौन व्यवसाय गर्ने गिरोहका थप दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीका टोलीले आइतबार काठमाडौंबाट थप दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक भएका हाल काठमाडौं लाजिम्पाट बस्दै आएका २७ वर्षीय सुरेशकुमार श्रेष्ठ र काठमाडौं वडा नं १४ घर भई कलङ्की बस्दै आएका २७ वर्षीय सुरज खड्का छन् ।

कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पछिल्लो समय कार्यालयमा अनलाइन मार्फत यौन व्यवसाय सञ्चालन भइरहेको भन्ने सूचना आएको थियो । "उनीहरुले युवती र अनलाइनमा भेटिने व्यक्तिलाई जोड्न सामाजिक सञ्जालको प्रयोग गर्ने रहेछन्," प्रहरी उपरीक्षक रेग्मीले भने, "फोटो पठाइदिने, एड्भान्स रकम लिने र अन्तिममा युवतीको नम्बर पठाइसकेपछि युवतीहरू पुरुष भएको ठाउँमा जाने रहेछन् ।"

पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । आइतबार प्रहरीले अनलाइन मार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

पछिल्लो अध्यावधिक: मंसिर १८, २०८० १४:२६