close

जेमिनाईमा शब्दको भरमा तस्वीर तयार पार्न सक्ने फिचर फेरि ल्याउँदै गुगल

टेकपाना टेकपाना

फागुन १७, २०८० १०:२७

जेमिनाईमा शब्दको भरमा तस्वीर तयार पार्न सक्ने फिचर फेरि ल्याउँदै गुगल

काठमाडौं । ऐतिहासिक दृश्यलाई गलत ढङ्गले देखाएको भन्दै चर्को आलोचना भएपछि स्थगित गरिएको जेमिनाईको तस्वीर तयार पार्ने फिचर पुन: उपलब्ध हुने भएको छ । कम्पनीले कमिकमजोरी सुधार गरेर यो फिचर प्रयोगकर्ताबीच ल्याउन लागेको हो । 

गुगल स्वयंले तस्वीर तयार पार्नसक्ने जेमिनाईको क्षमता सुधार गर्न काम गरिरहेको जनाएको छ । एआई मोडेलमा तस्वीर बनाउन लगाउँदा त्यस प्रकारको सूचना देखिने गर्छ । गुगल डीपमाइन्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेमिस हसाबिसले समेत यसबारे पुष्टि गरेका छन् ।

“समस्या समाधान गर्ने क्रममा जेमिनाईको फिचर अफलाइन गरिएको छ,” हसाबिसले बार्सिलोनामा भएको मोबाइल वर्ल्ड कंग्रेस सम्मेलनको एक प्यानलमा छलफलमा भने, “आशा गरौं, अबको केही हप्ताभित्र जेमिनाईको फिचर अनलाइन हुनेछ ।”

गुगलले फेब्रुअरीको सुरुवातमा त्यसबेलाको बार्डमा तस्वीर तयार पार्नसक्ने क्षमता सार्वजनिक गरेको थियो । जसअनुसार प्रम्प्टका आधारमा तस्वीर तयार पार्न सकिन्थ्यो ।  

नोभेम्बर २०२२ मा ओपनएआईले च्याटजीपीटी सार्वजनिक गरेसँगै गुगल पनि त्यही दौडमा लागेको छ । ओपनएआईलाई दिग्गज प्रविधि कम्पनी माइक्रोसफ्टले आर्थिक र अन्य किसिमका सहायता प्रदान गर्दै आइरहेको छ । जेमिनाई जस्तै एआई टुललाई ठूलो सङ्ख्याको डेटाबाट तालिम दिइएको हुन्छ । विज्ञहरूले यस्ता टुलबाट फोटो तयार पार्दा त्यसले रङ्ग अथवा लैङ्गिक विभेदलाई प्रोत्साहन गर्नसक्ने चेतावनी दिएका छन् ।

पछिल्लो अध्यावधिक: फागुन १७, २०८० १०:३६