काठमाडौँ । एनआईएमबि स्टक मार्केट्स लिमिटेडले नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालनमा ल्याएको छ । डिजिटल प्रविधिमा आधारित यो प्रणालीले शेयर कारोबारलाई सहज, सुरक्षित र प्रभावकारी बनाउने कम्पनीको दाबी छ ।
यो ट्रेड म्यानेजमेन्ट सिस्टममार्फत लगानीकर्ताहरूले वास्तविक समयमा अनलाइनमार्फत अर्डर राख्ने, पोर्टफोलियो ट्र्याक गर्ने र मोबाइलमै सजिलै कारोबार गर्ने सुविधा पाउने बताइएको छ ।
के छ नयाँ टीएमएसमा ?
रियल टाइम अर्डर प्लेसमेन्ट: यो सुविधामार्फत शेयर खरिद/विक्री गर्दा तुरुन्तै अर्डर राख्न सकिनेछ ।
पोर्टफोलियो ट्रयाकिङ: लगानीकर्ताले आफ्नो सम्पूर्ण लगानीको मूल्य, स्थिति, नाफा/नोक्सानी तत्काल ट्र्याक गर्न सक्छन् ।
मोबाइल पहुँच: मोबाइल डिभाइसमा पनि आफूले चाहेको ब्राउजरबाट प्रयोग गर्न मिल्छ ।
युजर फ्रेन्ड्ली इन्टरफेस: सहज र राम्रो अनुभवका लागि यूआई/यूएक्समा सुधार गरिएको छ ।
नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त स्टक ब्रोकर एनआईएमबि स्टक मार्केट्स लिमिटेडले लगानीकर्तामैत्री सेवा दिन यो सिस्टम सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।लगानीकर्ताहरूले यो लिङ्कमा गई पहुँच पाउन सक्छन् ।