close

१५ सय छुटमा ‘इनफिनिक्स हट ३०’ आई स्मार्टफोन किन्न सकिने

टेकपाना टेकपाना

फागुन २२, २०८० १०:५९

१५ सय छुटमा ‘इनफिनिक्स हट ३०’ आई स्मार्टफोन किन्न सकिने

काठमाडौं । इनफिनिक्सको स्मार्टफोन हट ३० आई फोन खरिद गर्दा क्याशब्याक पाइने भएको छ । आउँदै गरेको होली पर्वलाई लक्षित गर्दै कम्पनीले आइतबारदेखि यस्तो क्याशब्याक अफर ल्याएको हो । 

यसअन्तर्गत इनफिनिक्सको हट ३० आई (Infinix HOT 30i) खरिद गर्दा १५०० रुपैयाँ क्याशब्याक पाइनेछ । अर्थात् बजार मूल्य १६ हजार ९९९ रुपैयाँ रहेको यो फोन अब १५ हजार ४९९ रुपैयाँमा खरिद गर्न सकिनेछ । यो अफर १८ चैतसम्म सञ्चालन हुनेछ ।

९० हर्ज रिफ्रेशरेट भएको फोनमा ६.६ इन्च एचडी प्लस ‘ट्रु ब्राइट’ डिस्प्ले छ । यसमा ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ भने साथमा १८ वाटको टाइप-सी फास्ट चार्जर दिइएको छ । यसमा ४ जीबी र्‍याम छ भने आवश्यक परेको समयमा थप ४ जीबी भर्चुअल र्‍याम थप्न सकिन्छ । 

छेउतर्फ रहेको पावर बटनमा फिङ्गरप्रिन्ट सेन्सर समेत समावेश छ । अक्टाकोर गेमिङ प्रोसेसर दिइएको यो फोनमा मिडिया टेक हेलियो जी ३७ चिपसेट राखिएको छ ।

यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र एआई क्यामेरा समावेश छ । सेल्फी र भिडिओ कलिङका लागि ५ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।

पछिल्लो अध्यावधिक: फागुन २२, २०८० ११:०