close

अब आईफोन १२ ले पनि वायरलेस फास्ट चार्जिङ सपोर्ट गर्ने

टेकपाना टेकपाना

चैत १६, २०८० १४:३

अब आईफोन १२ ले पनि वायरलेस फास्ट चार्जिङ सपोर्ट गर्ने

काठमाडौं । अब आईफोन १२ प्रयोगकर्ताले १५ वाटको फास्ट वायरलेस चार्जिङ सपोर्ट पाउने भएका छन् । हालै आएको नयाँ आईओएस १७.४ अपडेटसँगै आईफोन १२ मा सपोर्ट आउने भएको हो । 

म्याकवर्डका अनुसार आईओएस अपडेटमार्फत एप्पलले आईफोन १२ मा क्यूआई टू सपोर्ट दिएको छ । यससँगै अब ननसेफ क्यूआई टू चार्जरसँग कनेक्ट भएको बेला आईफोन १२ मा १५ वाटसम्मको वायरलेस चार्ज हुने भएको हो । 

एप्पलले आईफोन १२ सिरिजसँगै म्यागसेफ वायरलेस चार्जिङ ल्याएको थियो । तर यस अपडेटअघि उक्त चार्जिङ गति ७.५ वाटभन्दा कम थियो ।

हालै म्याकवर्डले गरेको परीक्षणमा फोन नन म्यागसेफ क्यूआई टू चार्जरसँग कनेक्ट हुँदा स्क्रिनमा १५ वाटको चार्जिङ एनिमेसन समेत देखिएको छ । 

औपचारिक रुपमा क्यूआई टू सपोर्ट गर्ने पहिलो आईफोन सिरिज भने आईफोन १५ हो । तर केही समयमै आईओएस १७.२ अपडेट गर्दै एप्पलले यो फिचर आईफोन १३ र १४ का सिरिजमा समेत उपलब्ध गराएको थियो । 

यद्यपि १५ वाटको वायरलेस चार्जिङ स्पिड स्ट्यान्डर्ड आईफोन १२ र आईफोन १२ प्राे मोडलमा मात्र काम गर्न सक्छ । आईफोन १२ मिनि (आईफोन १३ मिनि) ले भने १२ वाटको वायरलेस चार्जिङसम्म मात्र सपोर्ट गर्न सक्छ । 

वाइडस्प्रेड क्यूआईको अर्को पुस्ताका रुपमा रहेको क्यूआई टूले ब्याट्री चार्जिङमा निकै सुधार गरेको छ । यसको विकासमा एप्पलले पनि निकै महत्त्वपूर्ण भूमिका खेलेको छ । 

पछिल्लो अध्यावधिक: चैत १६, २०८० १४:१२