close

एक्समा ‘एडल्ट कन्टेन्ट’ सम्बन्धी कम्युनिटी बनाउन मिल्ने फिचर आउँदै

टेकपाना टेकपाना

चैत १७, २०८० १३:०

एक्समा ‘एडल्ट कन्टेन्ट’ सम्बन्धी कम्युनिटी बनाउन मिल्ने फिचर आउँदै

 

काठमाडौं । एलन मस्कको सामाजिक सञ्जाल एक्समा 'एडल्ट कनेक्ट' सपोर्ट गर्ने गरी नयाँ फिचर आउने भएको छ । 'एडल्ट कन्टेन्ट' अथवा 'नट सेफ फर वर्क' (एनएसएफडब्लू) कन्टेन्टमा केन्द्रित कम्युनिटी बनाउन र त्यसमा जोडिन मिल्ने फिचर एक्समा आउन लागेको हो । 

कम्पनीका सफ्टवेयर इन्जिनियर डोङ वुक चुङले एक पोस्टमार्फत यो सुविधा चाँडै नै एक्स प्रयोगकर्ताका लागि आउन लागेको खुलासा गरेका छन् । कम्युनिटी बनाउने व्यक्ति (एड्मिन)ले सेटिङबाट उक्त कम्युनिटी एडल्ट कन्टेन्टका लागि भनेर मिलाउनुपर्ने र त्यसपछि कम्युनिटीको नाममा 'एडल्ट कन्टेन्ट'को लेबल देखा पर्नेछ । यदि एड्मिनले त्यसो नगरे उक्त कम्युनिटी प्लेटफर्मबाट हट्ने बताइएको छ । 

त्यस्ता कम्युनिटी प्राइभेट हुने र तिनमा जोडिन उमेर प्रमाणीकरण गर्नुपर्ने हुन सक्छ । हाल एक्सको नीति अनुसार नग्नता झल्किने, ग्राफिक्स मिडिया, यौन झल्किने कुनै तस्वीर/भिडिओ स्वतः हट्छन् । त्यस्तै १८ वर्ष मुनिका र आफ्नो प्रोफाइलमा जन्म मिति नराख्ने प्रयोगकर्तालई यौन सम्बन्धी सामग्रीमा पहुँच दिइँदैन । 

यद्यपि हाल परीक्षणकै क्रममै रहेको यो फिचर कहिले र कसरी आउँछ भनेर स्पष्ट छैन । एक्सले सबै प्रकारका प्रयोगकर्तालाई समेट्ने गरी प्लेटफर्ममा काम गरिरहेकाले ‘एडल्ट कन्टेन्ट’लाई पनि सपोर्ट गर्न लागेको अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: चैत १७, २०८० १३:०