close

दीपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर: ग्राहकले पहिलो ६ महिनासम्म मासिक किस्ता बुझाउनु नपर्ने

टेकपाना टेकपाना

असार २, २०८२ १५:५८

दीपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर: ग्राहकले पहिलो ६ महिनासम्म मासिक किस्ता बुझाउनु नपर्ने

काठमाडौँ । दीपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नेपाली बजारमा ‘ड्राइभ नाउ, पे लेटर’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । सीमित अवधिका लागि ल्याइएको यस योजनाअन्तर्गत दीपलको प्रिमियम ईभी खरिद गर्ने ग्राहकले पहिलो ६ महिनासम्म मासिक किस्ता तिर्नुपर्ने छैन ।

कम्पनीका अनुसार ‘ड्राइभ नाउ, पे लेटर’ अभियानमा पुरानो कारमा बजारकै उत्कृष्ट रिकन्डिसन मूल्य, नि:शुल्क अटो प्लस इन्स्योरेन्स, नि:शुल्क ७ किलोवाट वाल चार्जर, नि:शुल्क ३ किलोवाट ट्राभल चार्जर र आर्थिक वर्ष २०८२/८३ को नि:शुल्क सडक कर उपलब्ध गराइने छ ।

यो योजना दीपल एस०७, दीपल एस०७ एल र दीपल एल०७ मोडेलहरूमा लागु हुनेछ ।

एक वर्षअघि नेपाली बजारमा प्रवेश गरेको दीपल ईभी हालसम्म ९०० युनिटभन्दा बढी विक्री भइसकेको छ । जेस्चर कन्ट्रोल, सनफ्लावर टचस्क्रिन, एआर हेड्स-अप डिस्प्ले  लगायतका १० बढी इन्डस्ट्री फर्स्ट फिचरहरू सहित दीपल नेपालमा सबैभन्दा बढी रुचाइएको लक्जरी ईभी ब्रान्ड बनेको कम्पनीको दाबी छ ।

पछिल्लो अध्यावधिक: असार २, २०८२ १६:८