close

दूरसञ्चार प्राधिकरणका निर्देशकहरूको जिम्मेवारी हेरफेर

टेकपाना टेकपाना

चैत २०, २०८० १८:१

दूरसञ्चार प्राधिकरणका निर्देशकहरूको जिम्मेवारी हेरफेर

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणका बहालवाला तीन निर्देशकसहित ११ कर्मचारी विरुद्ध मुद्दा दायर गरेको थियो ।

योसँगै निलम्बित निर्देशकहरूको जिम्मेवारी अन्य निर्देशकलाई दिइएको हो । जसमा हाल उपभोक्ता हित संरक्षण महाशाखाका प्रमुख निर्देशक अर्जुन घिमिरेलाई प्रशासन महाशाखाको जिम्मेवारी थप गरिएको छ ।

त्यस्तै अनुगमन महाशाखाका निर्देशक विजय कुमार रायलाई पूर्वाधार महाशाखा र नियमन महाशाखाका प्रमुख निर्देशक अम्बर स्थापितलाई स्तरीकरण महाशाखाको जिम्मेवारी थप गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिएका छन् ।

निर्देशक तहमा कामको जिम्मेवारी हेरफेर भएपनि उपनिर्देशक तथा सहायक निर्देशकहरूको जिम्मेवारीमा परिवर्तन गरिएको छैन । पाँच जना उपनिर्देशक विरुद्ध मुद्दा दायर भएको हुँदा उनीहरूको जिम्मेवारी समेत अन्यलाई दिनुपर्नेछ ।

 

पछिल्लो अध्यावधिक: चैत २०, २०८० १८:१