close

४८ वर्षको भयो एप्पल, यस्तो छ सुरुवाती कथा

टेकपाना टेकपाना

चैत २०, २०८० २०:२०

४८ वर्षको भयो एप्पल, यस्तो छ सुरुवाती कथा

काठमाडौं । १ अप्रिल १९७६ मा स्थापना भएको एप्पल आफ्नो कथाको तेस्रो भूमिकामा छ । १९७० को दशकमा एप्पलले उत्साहजनक भूमिका निर्वाह गरेको थियो । त्यसपछि १९९० को दशकमा ऊ एउटा ठूलो अनिश्चितताबाट गुज्रियो, त्यसताका उसले दोस्रो भूमिका निर्वाह गरेको थियो ।त्यसपछि मात्र एप्पल सफल अमेरिकी कथाको दस्तावेज बनेको हो ।

तपाईंले एउटा बहुराष्ट्रिय तथा अर्बौं डलरको कम्पनी एउटा ग्यारेजबाट सुरु गर्न सक्नुहुन्छ । १९७० को दशकको मध्यमा स्टिभ वजनिकले एउटा डिजाइन तयार गरेका थिए, जुन पछि गएर एप्पलको 'आई कम्प्युटर' बनेको थियो ।

त्यसपछि उनका साथी स्टिभ जब्सले त्यसलाई बिक्री गर्न सकिने गरी डिजाइन गरे । वजनिक आफ्नो डिजाइनको आइडिया अन्य कुनै इच्छुक व्यक्तिलाई दिन चाहेका थिए । तर जब्सले उक्त डिजाइनलाई जोगाएर राखे । त्यो समय उनीहरूले कम्पनी सुरु गर्ने योजनाबारे सोचेका पनि थिएनन् । 

सुरुवातमा आफ्नो आइडियालाई बजारीकरण गर्न दुवैले कठिन संघर्ष गरे । आफूले काम गरेका पुराना कम्पनी तथा काम गरिरहेका तत्कालीन कम्पनीसँग उनीहरूले आफ्नो आइडिया बिकाउन नखोजेका होइनन् ।

वजनिक त्यो समय हिउलेट प्याकार्डमा इन्जिनियरको रुपमा काम गर्थे । उनले एचपी कम्पनीले आफ्नो डिजाइन खरिद गर्ने आशामा सिनियरहरूबाट आफ्नो डिजाइनको परीक्षण पनि गराए ।  उनका सिनियरहरूले त्यो डिजाइन उपयोगी हुने कुरामा सहमति जनाए । साथै त्यो डिजाइनलाई सस्तो मूल्यमा बनाउन सकिने कुरा पनि सुझाए । तर उनीहरूले अझै त्यसलाई अनुमोदन भने गरेनन् । ह्युलेट प्याकार्डको कम्प्युटर जस्तो हुनुपर्ने उनीहरूको धारणा थियो । त्यसमा वजनिकको आइडिया फिट नभएको निष्कर्ष निस्कियो । 

जब्स पनि आफ्नो पुरानो कम्पनी अटारी पुगे । अटारीबाट पनि उनले त्यस्तै प्रतिक्रिया पाए । उनले अटारीको रूचि आफ्नो डिजाइनप्रति जगाउन खोजेका थिए । तर त्यहाँ पनि उनी अस्वीकृत भए । तर अटारीको एआई अल्कर्नले जब्सलाई भेञ्चर क्यापटलिस्टसँग सम्पर्कमा राखिरह्यो । त्यसपछि कम्पनी स्थापना गर्ने बाटो सुरु भयो ।

त्यसपछि दुवै स्टिभले अटारीका एकजना इन्जिनियर रोन वेनसँग मिलेर एप्पल कम्पनी सुरु गरे । रोनले अहिलेको चर्चित एप्पलको ओरिजिनल लोगो पनि डिजाइन गरे । तर कम्पनीले उडान भर्नुअघि नै उनले कम्पनी छाडे । उनले कम्पनी छोड्दा त्यस समय यो निकै चर्चाको विषय बनेको थियो । उनले यति चाँडै कम्पनी छोडे, जुन तपाईं कल्पना पनि गर्न सक्नुहुन्न । 

सन् १९७६ अप्रिल १ मा तीन जनाले एप्पल कम्पनीको औपचारिक रुपमा सुरुवात गरे । त्यसको १२ दिनपछि रोनले कम्पनी छाडेका थिए । उनलाई एप्पलको १० प्रतिशत शेयर अफर गरिएको थियो । तर स्टिभ जब्सलाई नै ८०० डलरमै त्यो बिक्री गरिदिए । 

सन् १९७७ मा अनुभवी विख्यात व्यवसायी मार्क मर्कुला पनि एप्पलको बोर्डमा आए । त्यसपछि एप्पल अझ समृद्ध बन्यो ।

मर्कुलाको मातहतमा एप्पल कर्पोरेसनले तीनै जना पार्टनरहरूको शेयरलाई ५,३०८.९६ अमेरिकी डलरमा खरिद गर्यो । केही कानूनी कारणले गर्दा रोनले कम्पनी छोडे पनि उनले तेस्रो शेयरको मूल्य पाएका थिए । 

It was eight years before Apple brought out the Mac.

अहिले एप्पलको भव्य सफलतालाई देख्दा रोनले एप्पल कम्पनी छोड्नु उनको ठूलो गल्ती मानिन्छ । तर त्यो समय उनलाई राम्रो दाम दिइएको थियो । ​जसकारणले गर्दा उनले अनिश्चित भविष्य बोकेको कम्पनीलाई छोडेका थिए । रोनलाई उक्त कम्पनी छोड्नुका पछाडिको कारण धेरै पटक सोधिएको छ ।  उनले सन् २०१३ मा उक्त कम्पनी छोडेकोमा आफूलाई कुनै पश्चताप नभएको बताएका थिए । 

“इतिहासको एउटा टर्निङ प्वाइन्टमा भएको हुँदा म आफैंलाई एउटा भाग्यमानीको रुपमा लिन्छु,” उनले भनेका थिए, “त्यो समय मानिसहरूलाई एप्पलको आजको अवस्थाको बारेमा कल्पना नभए पनि वास्तवमा एप्पलको स्थापना इतिहासमा एउटा टर्निङ प्वाइन्ट नै हो ।”

एप्पलको पहिलो सफलता 

रोनले कम्पनी छोडेपछि र मुर्कुलाले उक्त कम्पनीलाई यो अवस्थामा ल्याउनु अघि, एप्पलले आफ्नो पहिलो सफलता हात पारेका थियो ।

एप्पलले त्यस बेला ५० ओटा एप्पल टु कम्प्युटर आफ्नो लगानी बिना सप्लायरबाट पैसा लिएर निर्माण गरेको थियो र सप्लायर्सलाई पैसा फिर्ता दिनु अघि एकैदिनमा ती सबै कम्प्युटर बेच्न सफल भएको थियो ।

आज एप्पलले आफ्नो सप्लाई चेनमा एकदमै उच्च तहको व्यवस्थित तरिका प्रयोग गर्छ । सन् १९७६ मा पनि उसले वित्तको फाइदालाई अक्षरशः सिकेको थियो ।

स्टिभ जब्सले पहिलोपटक त्यो बेला थर्टी डेज नेट सुनेका थिए । यसको अर्थ भनेको ३० दिनभित्र कम्पनीले आफ्नो सप्लायरलाई रकम भुक्तानी गरिसक्नु पर्ने थियो । त्यो गर्नु परेको थियो र उनले सिके । 

तत्कालीन समयमा बाइटी सप चलाइरहेका पौल टेरेलालाई पनि जब्सले आफ्नो एप्पल टुको आइडिया सुनाएका थिए । जब्सले त्यो बेला आफैं कम्प्युटर बनाउन सक्नेहरूका लागि मदरबोर्ड र किट्स बेच्न चाहेका थिए ।

तर टेरेला पूर्ण डिभाइस चाहान्थे र जब्सले उनलाई त्यो  दिलाए । एप्पलले त्यो समय वित्त र फाइनाइन्स चेनको बारेमा सिक्यो ।

त्यसपछि इन्टेलका मर्कुला बोर्डमा आए। त्यो बेला अर्थात सन् १९७७ मा बिजनेसको बारेमा सिक्यो । मर्कुलाले त्यो बेला एप्पलको व्यवसायलाई पहिचान गरेर कम्पनीको दर्शन नै तयार गरे ।

जुन आज चार दशक पछि पनि एप्पलको अहम् हिस्साको रुपमा रहँदै आएको छ । कर्पोरेसनलाई सधैं दर्शन र लक्षको आवश्यकता पर्छ ।

यो कुरा सम्भवतः हार्वर्ड विश्वविद्यालयको विनजेस १०१ को एउटा अंश हो । यदि तपाईंले कहिल्यै कुनै कर्पोरेसनका लागि काम गर्नु भएको छ भने तपाईंमा एउटा स्वस्थ संशयवादी मनोवृत्ति हुन आवश्यक छ ।

This was Apple in 1977 - and it's still Apple today.  (सन् १९७७ मा यो एप्पल थियो, र आज पनि एप्पल नै छ ।)

एप्पलको मामिलामा मर्कुलाले तयार पारेको दर्शन स्पष्ट थियो । र कम्पनी यसमा सधैं अडिग रह्यो । स्टिभ जब्सले आफ्नो जीवनी लेख्ने वाल्टर आइज्याकसनलाई व्याख्या गर्दै भनेका छन्, “मर्कुलाको मूख्य कुरा पैसालाई लक्ष्य बनाउनु हुँदैन । तपाईंलाई पैसा आवश्यक पर्छ, कमाउन चाहानुहुन्छ । तर यदि पैसालाई आवश्यक वस्तुको रुपमा सोचियो भने कम्पनीले संघर्ष गर्छ । तपाईंले पैसा बनाउन थाल्नु भयो भने, तपाईं आफूले चाहेको कुरामा अघि बढ्न सक्नुहुन्छ । त्यसमा केन्द्रीत रहनु हुन्छ र यसले कम्पनीलाई दिगो बनाउँछ । अनि पैसा त पछि आफैं आउन थाल्छ ।”

मर्कुलाको एप्पल मार्केटिङ दर्शन एकदमै स्पष्ट थियो र एप्पलको आइडिया पनि एकदमै सचेत अनि साधारण । १९७७ जनवरी ३ मा लखिएको एक पृष्ठको दस्तावेजमा दुई छोटा निर्देशिका छन् ।

जसले सेवाग्राहीहरूको आवश्यकता बुझ्न आफूलाई व्यापक फैलाउनुभन्दा पनि केही सीमित विशेष उत्पादनमा केन्द्रित रहन निर्देशन दिइएको छ । 

आजको दिनमा एप्पल आफ्नो उत्पादनको प्रस्तुतिका लागि पनि निकै चर्चित छ । उसले आफ्नो डिजाइन र प्याकेजिङलाई निकै ध्यान दिन्छ, जसले गर्दा एप्पल, एप्पल बनेको छ ।

पछिल्लो अध्यावधिक: चैत २०, २०८० २०:२०