close

नियो स्टोरमा नेपालमै बनेको एआई जडित सीसीटीभी क्यामेरा, केके छन् सुविधा ?

टेकपाना टेकपाना

चैत २३, २०८० १३:४

नियो स्टोरमा नेपालमै बनेको एआई जडित सीसीटीभी क्यामेरा, केके छन् सुविधा ?

काठमाडौं । नियो स्टोरले नेपालमै बनेको 'दृष्टि' ब्रान्डको आईपी सीसीटीभी क्यामेरा बिक्री गर्न थालेको छ । कम्पनीले क्लाउड स्टोरेज सुविधा सहितको 'आरएस-एस८५६ एल-एओ' मोडेलको क्यामेरा बजारमा उपलब्ध गराएकाे हाे ।

क्यामेराको रेजोलुसन २३०४*१२९६ पिक्सेल रहेको छ । रातको समयमा १० मिटरसम्म प्रष्ट भिडिओ खिच्ने यो क्यामेराले चाैबिसै घण्टा भिडिओ रेकर्ड गर्ने कम्पनीले जनाएको छ ।

यसमा १२८ जीबी स्टोरेज भएको एसडी कार्ड प्रयोग गर्न सकिन्छ । ३६० डिग्रीमै भिडिओ खिच्न सक्ने यस क्यामेरामा २.४ गिगाहर्ज वाई-फाई एन्टेना रहेको छ ।

कम्पनीका अनुसार यस क्यामेरालाई दृष्टिको एन्ड्रोइड र आईओएस एपबाट प्रयोग गर्न सकिन्छ । कम्पनीले यसको मूल्य नेपाली बजारमा चार हजार ७५ रुपैयाँ तोकेको छ ।

इच्छुक व्यक्तिले यहाँ क्लिक गरेर क्यामेरा खरिद गर्न सक्छन् । 

दृष्टि आईपी क्यामेरामा के छन् सुविधा ?

नेपाल क्लाउड

कम्पनीका अनुसार यो क्यामेराले खिचेको भिडिओ क्लाउड स्टोरेजमा सहजै र सुरक्षित ढङ्गले भण्डारण गर्न सकिन्छ । यो क्यामेरा नेपालमै भएको क्लाउड स्टोरेजमा सिङ्क भएकाले प्रयोगकर्ताले जुनसुकै समयमा जहाँकहीँबाट उक्त भिडिओ हेर्न सक्छन् । 

वाई-फाई २.४ 

दृष्टिको सीसीटीभी क्यामेराले २.४ गिगाहर्ज वाई-फाई ब्यान्ड सपोर्ट गर्छ । प्रयोगकर्ताले सहजै वाई-फाई कनेक्ट गर्न सक्छन्, जसले गर्दा तारहरू जोड्ने झन्झट हुँदैन । 

मोसन डिटेक्सन 

कम्पनीका अनुसार यसमा मोसन डिटेक्सनको सुविधा दिइएको छ । यसले एल्गोरिदम र विभिन्न सेन्सरको प्रयोग गरी आफ्नो ‘फिल्ड अफ भिजन’भित्र भएका शङ्कास्पद गतिविधिबारे तत्कालै जानकारी दिन्छ ।  

स्मार्ट ट्रयाकिङ 

यस क्यामेरामा एल्गोरिदम राखिएको छ, जसले ‘रेन्ज अफ भिजन’भित्र केही वस्तु चलेको छ भने त्यसलाई स्वचालित रूपमा ट्रयाक गरेर पहिचान गर्छ ।

यसले गर्दा घरमा भएका शङ्कास्पद गतिविधिबारे घरधनीलाई थाहा हुन्छ । यो स्मार्ट ट्रयाकिङ फिचरले टार्गेट गरिएको वस्तुको भिडिओ प्रष्ट खिच्ने प्रयास गर्छ, जसले गर्दा पछि उक्त वस्तु पहिचान गर्न सहज हुन्छ । 

लाइभ भ्यु

आईपी क्यामेराको एक मुख्य विशेषता लाइभ भ्यु पनि हो । प्रयोगकर्ताले यस क्यामेराको सहायताले चाैबिसै घण्टा आफ्नो घर निगरानीमा राख्न सक्छन् । स्मार्टफोन वा कम्युटरबाटै क्यामेराले रेकर्ड गरेका गतिविधि लाइभ हेर्न सकिन्छ ।

स्मार्ट नाइट भिजन 

यो आईपी क्यामेरामा स्मार्ट नाइट भिजनको सुविधा पनि रहेको छ । यसले गर्दा रातको समयमा पनि यसमा कैद भएका भिडिओ प्रष्ट खिच्न सकिन्छ । यसले खिच्ने फोटो र भिडिओ उच्च हुने भएकाले जस्तोसुकै अवस्था (अन्धकार रात)मा पनि प्रष्ट चिनिने भिडिओ पाउन सकिन्छ । 

एपमा नोटिफिकेसन 

यस आईपी क्यामेरामा इन एप नोटिफिकेसनको सुविधा रहेको छ । केही शङ्कास्पद घटना भए क्यामेराले एपमा त्यसको नोटिफिकेसन पठाउँछ । जसले गर्दा प्रयोगकर्ताले त्यही समयमा भएका घटना थाहा पाउन सक्छन् ।

त्यस्तै यसमा बढी भाषाको सुविधा पनि रहेको छ । यसको सहायताले जुनसुकै भाषा बुझ्ने व्यक्तिले सेटिङ मोडिफाई गर्न सक्छन् ।

माइक्रो एसडी स्लट

३६० डिग्रीमै भिडिओ खिच्न सक्ने यस आईपी क्यामेरामा मेमोरी कार्ड राख्ने सुविधा पनि दिइएको छ । यसले गर्दा प्रयोगकर्ताले भिडिओ लोकल स्टोरेजमा भण्डारण गर्न सक्छन् । र, त्यसलाई आवश्यक परेको समयमा प्रयोग गर्न सक्छन् । 

अडियो रेकर्डको सुविधा

यस क्यामेरामा विभिन्न माइक्रोफोन र स्पिकर समावेश गरिएका छन् । जसले गर्दा क्यामेराभन्दा केही मिटर टाढा बसेर कसैले केही बोलेको छ भने पनि त्यो रेकर्ड हुन्छ ।

र, क्यामेराबाट त्यही कुरा सुन्न र बोलेका कुरा अर्को व्यक्तिलाई सुनाउन पनि सकिन्छ । विशेषगरी पाहुनालाई स्वागत गर्न, कुनै ठाउँको बारेमा जानकारी दिन यो उपयोगी हुन सक्छ ।

एचडी भिडिओ

यस क्यामेराले एचडी भिडिओ खिच्ने कम्पनीको दाबी छ । यसले गर्दा प्रयोगकर्ताले एचडी भिडिओ र फोटो हेर्न सक्छन् । क्यामेराको यही सुविधाले गर्दा क्यामेरामा कैद भएका सूक्ष्म जानकारी नछुट्ने कम्पनीले जनाएको छ ।

एचईभीसी 

यस क्यामेरामा हाई इफिसियन्सी भिडिओ कोडिङ (एचईभीसी) को सुविधा रहेको छ । यसले बढीभन्दा बढी स्टोरेज कायम गर्न र ब्यान्डविथ खपत घटाउन यो सुविधा राखेको छ । यस प्रविधिले गर्दा भिडिओको साइज कम भए पनि गुणस्तर भने उच्च नै हुने कम्पनीले जनाएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स 

यसमा भएको एआई नै क्यामेराको मुख्य विशेषता हो । कम्पनीका अनुसार यसमा भएको एड्भान्स एआई एल्गोरिदमले वस्तु तथा अनुहार पहिचान गर्ने, क्यामेरामा कैद भएको व्यक्तिको हाउभाउ विश्लेषण गर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै एग्लोरिदमले नै केही शंकास्पद घटना देखिए एपमार्फत सम्बन्धित व्यक्तिलाई जानकारी दिन सक्छ । त्यसैले पनि यो परम्परागत सीसीटीभी क्यामेराभन्दा स्तरीय र अत्याधुनिक छ ।

पछिल्लो अध्यावधिक: चैत २३, २०८० १४:४९