close

बिजुली गाडी ओरा ०३ खरिदमा ५ लाखसम्मको फाइदा लिन सकिने

टेकपाना टेकपाना

चैत २४, २०८० १४:५२

बिजुली गाडी ओरा ०३ खरिदमा ५ लाखसम्मको फाइदा लिन सकिने

 

काठमाडौं । नेपालका लागि जीडब्लूएमका सवारीसाधनहरूको आधिकारिक आयातकर्ता एवं वितरक भीजी इम्पेक्सले नेपाली नयाँ वर्षको अवसरमा ‘शानदार नव वर्ष २०८१’ योजना ल्याएको छ । नेपाली नयाँ वर्ष स्वागत गर्न जीडब्लूएमका लोकप्रिय मोडेलहरूको खरिदमा विशेष छुट र अफरसहित कम्पनीले यो योजना ल्याएको हो ।

यस अन्तर्गत बिजुली गाडी ओरा जिरो थ्री सहित हाभल एच सिक्स, जोलायन, पोयर पिकअप लगायतका गाडीमा लागू हुने कम्पनीले जनाएको छ ।

यो अवसर पारी रोमाञ्चक र सुन्दर सुरुवातको लागि विशेष रहेको कम्पनीको भनाइ छ । ​यअन्तर्गत ओरा जिरो थ्रीको खरिदमा पाँच लाख रुपैयाँसम्मको फाइदा उठाउन सकिने छ ।

ग्राहकले सो मूल्य बराबरको नगद छुट, नि:शुल्क एक्सेसरिज, एक वर्षसम्मको व्यापक बीमा र सात किलोवाटको फास्ट चार्जर, पावर ब्याट्री ड्राइभ मोटर र मोटर कन्ट्रोलरमा ८ वर्ष र साढे एक लाख किलोमिटरमा वारेन्टी पाउनेछन् ।

त्यस्तै हाभल एच सिक्स र जोलायनमा साढे आठ लाख र पावरमा १० लाख रुपैयाँ सम्मको फाइदा उठाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: चैत २४, २०८० १४:५२