close

अब हाम्रो पात्रोमा एआईले तयार पारेका संक्षिप्त समाचारमा लाइक र कमेन्ट पनि गर्न मिल्ने

टेकपाना टेकपाना

चैत २७, २०८० ११:६

अब हाम्रो पात्रोमा एआईले तयार पारेका संक्षिप्त समाचारमा लाइक र कमेन्ट पनि गर्न मिल्ने

काठमाडौं । चर्चित नेपाली एप हाम्रोपात्रोले समाचार खण्डमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी तयार गरेका समाचारमा अब पाठकले प्रतिक्रिया समेत जनाउन पाउने भएका छन् । एआई प्रयोग गरी तयार पारिएका सङ्क्षिप्त समाचारहरूमा पाठकले मङ्गलबारदेखि लाइक, कमेन्ट र शेयर गर्न मिल्ने फिचर राख्न लागिएको हो । 

सचेत र सूचित पाठकहरूको अन्तरक्रिया बढाउन यस्तो फिचर ल्याइएको हाम्रो पात्रो इंकले जनाएको छ । हाम्रो पात्रोले गत हप्तादेखि एआईको प्रयोग गरी महत्त्वपूर्ण समाचारहरूलाई विश्लेषण र वर्गीकरण गरी समाचारको सारांशलाई बुलेटिनको रूपमा राख्न थालेको हो ।

तर ती समाचारहरूमा पाठकले प्रतिक्रिया जनाउन भने पाएका थिएनन् । अब भने प्रत्येक तीन घण्टाको अन्तरालमा बुलेटिनमा अपडेट हुने समाचारहरूमा पाठकले प्रतिक्रिया जनाउन पाउने छन् ।  

एआईले विभिन्न समाचारहरू बीचका समानता पहिचान गर्न सक्ने हाम्रो पात्रोकी निर्देशक सुदीना गौतमले बताइन् । त्यस्तै पाठकको रुचि, प्राथमिकता र पढ्ने बानी बुझ्न सहयोग पुग्ने गरी एआईले पाठकको रुचि अनुसारका समाचारहरूलाई सिफारिस गर्न सक्ने दाबी समेत गरिएको छ ।

पछिल्लो अध्यावधिक: चैत २७, २०८० ११:६